हुम्ला,
सप्तमी र गौरा पर्वको अवसर पारी सिमकोट गाउँपालिका–१ र २ स्थित ठेहे गाउँमा रहेको गुफा भन्ने स्थानमा सत्य नारायणको पूजा पर्वचन लगाउने कार्य गरिएको छ । हुम्ला जिल्लाका ख्याती प्राप्त पण्डित रामभक्त उपाध्यायको नेतृत्वमा सो पर्वचन कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा जुम्ला जिल्लाका पण्डित मध्ये पत्मा उपाध्याय, रत्नलाल उपाध्याय, गोविन्द्र उपाध्याय रहेका थिए भने हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँका केही पण्डितहरुको पनि सहभागिता रहेर सत्यनारायणको पर्वचन गरेका थिए ।
भदौ ९ गते विहान ७ वजेदेखि सुरु भएको पर्वचन कार्यक्रम साँझ ७ वजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा स्थानीयवासी दानबहादुर बोहरा र पण्डित रामभक्त उपाध्यायले भूमिदान समेत गरेको स्थानीयवासी जस्कला बोहराले बताइन् ।
बोहराका अनुसार रुद्ध्रिपाठ, होम जग्गे, फुर्का नाच, देउडा गीत, ढालतरवार नाच र मंगल चाँण्चि जस्ता विभिन्न धार्मीक परम्परा झल्काउने सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो । पर्वचन कार्यक्रममा ठेहे गाउँ लगायत अन्य गाउँपालिकाका करीव ६ सय जना जती भक्तजनहरुको उपस्थिती रहेको थियो ।
सो गुफा पर्वचन कार्यक्रममा मन्दिर निर्माण गर्नका लागि सहभागि भक्तजनद्धारा ६ हजार रुपैयाँ सम्म चन्दा स्वरुपको रकम उठेको स्थानीय सुर्यमणि बोहराले बताए । परापूर्व कालमा उक्त गुफाबाट शिव भगवान छिरेर रलिंग गुम्वामा निस्केर सो ठाउँमा तलाउँ बनाउँन खोजेको तर अन्तमा विहानीको उज्यालो भईसकेपछि काम पुरा नभएर मात्र सो ठाउँमा मानसरोवरको तिर्थ हुन नसकेको स्थानीयको किम्वदन्ती रहेको छ ।
स्थानीय बोहराका अनुसार उक्त गुफामा मन्दिर बनाएर आउँदो शिवरात्रीमा सोही ठाउँमा गएर भव्य रुपमा कार्यक्रम सञ्चालन गर्ने भएको समेत बोहराको भनाई छ ।