Mansarowar Times मंगलबार, बैशाख ३०, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
सिंगो बस्तीनै सडक सञ्जालबाट बिमुख हुने गरि हिल्सा सिमकोट सडक आयोजनाले गोप्य रुपमा डिपिआर तयार गर्दा जनता बिकासको प्रतिफल पाउनबाट बन्चित भएको भन्दै स्थानीय बिरोधमा उत्रिएका थिए ।

सिमकोट गाउँपालिका वडा नम्बर ५ को खादक बस्ती नै सडक सञ्जालबाट छुट्ने भएपछि आफुखुसी तयार गरिएको कर्णाली करिडोरको डिपिआरबाट निर्माण हुने सडकको निर्माण कार्य अगाडी बढ्न नदिने स्थानीय कुल रावतले बताए ।

बिकासका बिरोधी गाउँबासी नभएको भन्दै उनले जनताले दिएको बिकल्प मान्न समेत सरोकारवाला पक्षलाई सुझाब दिएका छन् । गोप्य रुपमा तयार गरिएको सडकको डिपिआरको क्षेत्र पनि वडा नम्बर ५ का बासिन्दा कै पर्ने र स्थानीयले अहिले सडक निर्माणका लागि दिन लागेको क्षेत्रबाट सडक निर्माण भए कम लागत पर्ने रावतले बताए ।

३१४ घरधुरीको बस्तीलाई सडक सञ्जालसंग जोड्न स्थानीयको माग छ । स्थानीयको भनाई अनुसार एक देखि डेढ किलो मिटर सडकको लम्बाई पनि घट्ने सुझाब छ ।

सरकारलाई लागत पनि कम लाग्ने र जनतालाई पनि स’बिधा पनि हुने सडक निर्माणमा ध्यान दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईसंग स्थानीय महिलाहरुले गुनासो गरेका थिए ।

निर्माण कार्य सुरु हुदा स्थानीयको बिरोधपछि रोकिएको काम सुचारु गर्न स्थानीय प्रशासनको अगुवाईमा स्थलगत रुपमा निस्केपछि स्थानीयले प्रुमख जिल्ला अधिकारीको टोलीसंग बिरोध जनाएको थियो ।

 

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९