राज शाही शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

अवको १ ।२ दिनमा जिल्ला अस्पतालले आरडिटी परिक्षण गर्ने भएको छ । विश्वमा माहामारिको रुपमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ ले नेपाल पनि अछुतो नभएको अवस्थामा हुम्ला जिल्ला अस्पतालले कोरोना भाइरसको परिक्षण गर्ने डाक्टर टासी लामाले बताएका छन् ।

केही दिन देखि रोकीएको यो परिक्षण पुन १।२ दिनमा गर्ने डाक्टर लामाले बताएका छन् । लामाका अनुसार परिक्षण गरेको २४ घण्टामा रिपोट आउने भएकाले इन्केस जिल्लामा उक्त संक्रमण देखि हालेमा संक्रमित कहाँ राख्ने भन्ने बारेमा पनि समस्याको विषय भएको डाक्टर लामाले बताएका छन ।

जिल्लाका ७ वटै गाउँ पालिकामा क्वारेन्टीन भवनको अभाव भएको अवस्थामा यसलाई कसरी परिपुर्ती गर्ने बारे सरोकारवाला निकाय संग वृहत छलफल गरे पनि कुनै पनि विकल्प नदिएको लामाले बताएका छन् । यस अघी जिल्ला अस्पतालमा चेक जाँच गरि रानी वनमा रहेको होटल व्यवसायी विजय लामाको घरमा राख्ने गरे पनि यो पछिल्लो समय उक्त घरका मालिक संग सरोकारवाला निकायले छलफल नगरेकाले प्रष्ट धारणा नआएकाले क्वारेन्टिनको समस्या रहेको डाक्टर लामाले बताएका छन् ।

जिल्लाका प्रत्येक गाउँ पालिकाले १४ दिन विद्यालयलाई क्वारेन्टिन बानाइ सोही ठाउँमा जिल्लाबाहिरबाट आएका व्यक्तीहरुलाई राख्ने गरिएको थियो । विद्यालयलाई सेनिटाइजर गरी पठन पाठन समेत केही दिन भएकाले पुन विधालयलाई नै क्वारेन्टिन बनाउने के गर्ने भन्ने विषयमा पनि सरोकारवालाले प्रष्ट पार्न नसकेको जिल्ला नागरी समाजका सभापति गणेस महतले जिल्लामा आयोजित एक कार्यक्रममा बताएका छन् । ।

स्वास संकलन गर्न छोडेको उक महिनापछि पून नमूना स्वाब संकलन गर्न लागिएको हो । आउनेलाई क्यारेन्टिन वा होम क्वारेन्टिमा राख्ने ब्यबस्था गरिएको छैन । यसको चातर्फी बिरोध हुदै आएको भोली र पर्सी स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीबाट विद्यालय, बैंक, एयरलाईन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको नमूना स्वाब संकलन गर्ने जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए ।

दुई सय पचास जनाको नमूना स्वाब संकलन गरेर सुर्खेत पठाईने छ । हुम्ला जिल्लालाई कोरोना संक्रमणका लागि ग्रीन जोनका रुपमा सरकारले घोषण गरेको भएपनि केही समययता जिल्ला बाहिरबाट थियो । यही कुरालाई मध्यनजर राख्दै जिल्ला अस्पतालले नमूना स्वाब स.कलन गर्न लागेको हो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९