राज शाही सोमबार, साउन २६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जिल्ला बार एशोसिएसन संगै जिल्ला कानूनी सहायता समितिको कक्ष स्थापना गरिएको छ । स्थापना हुम्ला जिल्ला अदालतको नयाँ भवनमा गरिएको हो । यस अघि पुरानो भवनमा संचालन हुदै आएको बार एशोसिएसनको कार्यालय सोमबारबाट नयाँ भवनमा स्थापना गरिएको छ ।

जिल्ला कानूनी सायता समिति यस अघि हुम्लामा रहे पनि नश्क्रीय जस्तै भएको थियो । जिल्ला कानूनी सहायता समिति हुम्लाले जिल्लामा रहेका असाय असक्त आर्थिक अवस्था कम्जोर भएका पिडितको तर्फबाट वहस पैरवी गर्नमा क्रियासिल हुन्छ ।

सोमबार हुम्ला जिल्ला अदालतमा  हुम्ला जिल्ला बार इकाइका अध्यक्ष मंगल बहादुर शाहीले विधिवद्ध ढंगबाट नयाँ भवनमा बार एशोसियसनको स्थापना गरेका छन् । बार एशोसिएसन हुम्लाले हुम्ला जिल्लामा कानूनी द्धोन्दमा परेका व्यक्तिहरुलाई न्यायदिलाउनमा हुम्ला जिल्ला अदालतलाई सहयोग गर्ने आशा राखेको हुम्ला जिल्ला अदालतका श्रेस्तेदार मदनराज भट्टराईले बताएका छन् ।

हुम्ला जिल्लामा बार एशोसियसन २०६८ सालमा स्थापना भई कानूनको द्धन्दमा परेका व्यक्तीहरुको तर्फबाट बहस पैरवी गर्दै आइरहेको अक्ष्यक्ष शाहीले बताएका छन् ।

जिल्ला कानूनी सहायता समितिमा जिल्ला सरकारी वकिल अध्यक्ष र बार एशोसियसनका अध्यक्ष पदेना सदस्य रहने कानूनी व्यवस्था रहेको छ । त्यसै गरि जिल्ला बार एशोसियसनमा हाल ७ सदसिय कार्य समिति रहेको छ । जसमा मंगबहादुर शाही अध्यक्ष, चित्र भण्डारी लगाएतका सदस्य रहेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९