राज शाही बुधबार, साउन १४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

जङगली जनवारले जेठासी वाली खाइ दिदा किसानहरु मर्कामा  परेका छन् । सिमकोट गाउँ पालिका वडा नं ८ स्याडा साँता याँगु लगाएतका गाउँका स्थानियवासीले लगाएको जेठासी वाली बाँदरले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी नुर्वु वुढाले बताएका छन् ।

मंसिर पौष माघ फागुन सम्म लामो हिमपातका बीच उम्रेको जेठासी वाली गहु उवा जौलाई हाल पाकी घर भित्राउने वेला जंगली जनावरले खाइ दिदा किसानहरुले ठुलो सास्ती भोग्नु परेको स्थानिय वुढाले बताएका छन् । कार्तीक महिनामा लगाएको जेठासी बाली हाल एक तिर बाट किसानहरुले टिप्दै जाने अर्को तर्फबाट बाँदरले खाँदै आउदा १ कुन्टल फल्ने ठाउमा २० केजी सम्म पनि उत्पादन नभएको वुढाले बताएका छन् ।

बाँदरको हेरालुका लागी स्याँडा याँगु खोल्सी गाउँका घरधुरीले पालो लगाएर हेरालु राख्ने गरेका छन् । करिव ८० हल अर्थात ४० रोपनीमा लगाएको जेठासीबालीलाई बाँदरले सखाप पारि दिदा किसानहरु मर्कामा परेको र यो वर्ष भोकमरि पर्ने तर्फ सचेत हुनु पर्ने देखिएको वुढाले बताएका छन् ।

किसानले व्यवसायीक रुपले लगाएको आलु दुम्सीले खाइदिदा किसानहरु चिन्तित हुन थालेका छन् । जिल्लाकै बढी घरधुरी रहेको सिमकोट गाउँ पालिका वडा नं ८ स्याँडा याँगु खोल्सी लगाएतका गाउँमा किसानले व्यवसायीक रुपमा लगाएको आलु दुम्सीले खाइ दिदा किसानहरु मर्कामा परेका छन् ।

सिजनमा ५० रुपैंया प्रति केजीका दरले किन वेच हुने आलु वेसिजनमा १ सय ५० रुपैंया सम्म किन वेच हुने गरेको छ । व्यवसायीक रुपमा लगाएको आलु बेच विखन गरी घरको आर्थिक उपार्जन गर्ने हेतुले आलुको खेती गरिए पनि उक्त आलु दुम्सीले खाइ दिदा किसानहरु मर्कामा परेको स्थानियवासी बुढाले बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९