दाने बोहरा बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

आज साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति वर्प हुम्लामा कोरना बाइजा, सुबिकाल आइजा भन्दै मनाइएको छ । जिल्लाको सदरमुकाम सिमकोट सहित जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडाका प्रत्येक गाउँहरुमा यो वर्प भव्यताका साथ बनाइएको छ । परम्परानुसार सल्लोको दियालो बालेर घरको छतमा राँका राखेर साँझ सात बजेदेखि आठ बजे सम्म अनीकाल बाइजा, सुबिकाल आइजा भन्दै रमाइलोका साथ संक्रान्ति पर्व मनाइएको हो । यस्तै घरको छतमा दियालो बालेर बालबालीकाहरुले चाची गाउने गर्दछन् , भने आज दिउँसो मिठा मिठा परिकार बनाएर एक आपसमा बाडीचुडी खाने चलन रहेको छ ।

असार महिनाभर धान रोपाइँ लगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखालेर घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाएका छन् । लुतो फाल्दा आ–आफ्नो कुल, परम्परानुसार नाङ्लो ठटाउने, ठुलो स्वरमा अनिकाल बाइजा भन्दै कराउने गर्दछन् । घरपरिवार एकसाथ भएर मान्छे जस्तै देखिने माटोको मान्छे बनाएर फोहोर कपडामा राखेर, परिवारको सबै ग्रहदोष काटियोस् भन्दै गाउँभन्दा टाढा रहेको दोबाटोमा गएर फ्याकने प्रचलन रहेको सिमकोट गाउँपालिका वडा दुई निवासी सुर्यमणि बोहराले जानकारी दिनुभयो ।

हिलोमाटोमा काम गर्नुपर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलन समेत छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने धार्मिक विश्वास रहेको बोहराले बताउनुभयो । साउन महिनामा भगवान शिवको पूजा गरेर पनि महिलाहरूले मनाउने गर्छन् । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९