राज शाही बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्ला जिल्लावाट तरकारी आयातकै लागि ठूलो धनराशी बाहिरिरहेको छ । जिल्ला भित्रका कृषकले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन् ।

सामुहिक तरकारी संकलन गर्ने संयन्त्र, दिगो सडक सञ्जाल र कृषकलाई खेती प्रबिधी सम्वन्धी ज्ञानको अभाव हुदा जिल्लामा प्रशस्त जमिन र अनुकुल वातावरण भएर पनि व्यवसायीक रुपमा तरकारी उत्पादन हुन सकेको छैन् । सानो परिमाणमा उत्पादन गरेर टाढाको बजारसम्म तरकारी बिक्रीका लागि लैजादा गाडी भाडा र वाटो खर्चमै सकिने गरेको छ ।

जिल्लाको खार्पुनाथ गाउँ पालिकाको लाली, प्युस, याँङचु, राया, थाली, छिप्रा, नाम्खा गाउँ पालिकाको हेप्का, खंगालगाउँ, सिमकोट गाउँ पालिकाको स्याडा, खोल्सी, लाङदु, सिमकोट लगाएतका किसानले व्यवसायीक तरकारी खेती गर्ने प्रयास गरेपनि बजारको पहुच नहुदा गाईबस्तुलाई खुवाउनुपर्ने अवस्था छ ।

जिल्लामा अहिले पनि परम्परागत शैलीमै तरकारी खेती हुनेगरेको छ  । हुम्ला जिल्लामा व्यवसायीक रुपमा तरकारी खेती हुन नसक्नु अर्को ठुलो समस्या भनेको कृषी प्रावधिकको व्यवस्था नहुनु पनि हो ।   सुधारिएको बजारमुखी उत्पादन, उत्पादनमा बृद्धि, संकलन केन्द्रहरुको व्यवस्था र प्रभावकारी बजारको व्यवस्था गर्ने हो भने तरकारी खेतीवाटै कृषकको जीवनस्तर उकास्न र  तरकारीमा रहेको पर निर्भताको अन्त्य पनि गर्न सकिन्छ ।

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९