हुम्ला,
कोभिड १९ का कारण देशभरिकै उद्धोग व्यवसायीहरु धरापमा परेको भन्दै उधोग बाणिज्यसंघ हुम्लाले जिल्ला प्रशासन कार्यालयमा एक ज्ञापनपत्र पेश गरेको छ । चैत ११ गतेदेखि लकडाउनका कारण हुम्ला जिल्लामा पनि स्थापित उद्धोग तथा व्यवसायहरु सञ्चालनमा आउँन नसकेपछि राज्य र निजि क्षेत्रलाई ठूलो आर्थिक भार व्यहोर्नु पर्ने वर्तमान अवस्थामा मैत्रीपूर्ण वातावरणमा नकारात्मक असर पर्न गई आम व्यवसायी संकटको घेराबन्दि भित्र परेकोले प्रमुख जिल्ला अधिकारी मार्फत संघले असार २५ गते अर्थमन्त्रालयसम्म पुराउने भन्दै ज्ञापनपत्र पेश गरेको छ ।
उत्पादनशिल क्षेत्र तर्फ वित्तिय साधन परिचालन चुनौतीको सामाना गर्नु पर्ने अवस्थामा बैँक सौलियत पूर्व कर्जा प्रवाहन गरि आफ्नो अनुकुल कर्जा प्रवाह एकातिर गरिरहेका छन भने अर्को तिर पुरानै व्यज दर कायम गरि व्याज असुल गर्ने गरेको हुँदा आँम व्यवसायीहरु मर्कामा परेको भन्दै उद्धोग बांणिज्यसंघले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
यसका बाबाजुत व्यवासायीहरुले स्वच्छ मर्यादित र सहज तरिकाबाट व्यवसायी सचालन गर्न सकि राखेका छैनन् । साथै आर्थिक गतिविधि परिचालन नहुँदा सेवाग्रायीहरुमा प्रभाव पर्ने गरेको बाँणिज्यसंघ हुम्लाका अध्यक्ष नामग्याल तामाङले बतए । उनका अनुसार वजारको उच्च वृद्धिले अर्थतन्त्रमा ल्याउन सक्ने विसंगती अस्तित्व सन्तुलित पार्नका निम्ती सरकार निजि क्षेत्रको अहोम भूमिका रहेको हुन्छ ।
त्यस्तै व्यवसायीहरुले बैँक व्याज, घरभाडा लगायत दैनिक मसलन्द खर्चसम्म तिर्न नसक्ने अवस्था रहँदा उचित आर्थिक अनुदान र सौलियतको व्यवस्था गर्नु पर्ने जस्ता मागहरु उधोग बाणिज्यसंघ हुम्लाले जनाएको छ । असार २५ गते ज्ञापन पत्र बुझाउँदै जिल्लामा रहेका व्यवसायीहरुले लकडाउनको फाइदा लिदै दैनिक उपभोग्य सामान र मासुको पनि मुल्यमा वृदि गर्दा उपभोक्ताहरु मर्कामा परेको गुनासो गरेका हुन् ।
बजारमा म्याद नाघेका सामान र मुल्य वृद्धिको बारेमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले समयमै अनुगमन गर्नु पर्ने देखिन्छ । प्रसासनमा बुझाएको ज्ञापनपत्रलाई सोही दिन अर्थमन्त्रालयमा पठाउने प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए ।