हुम्ला,
जिल्ला समन्वय समितिको सभा हलमा जिल्ला सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ०७७।७८ को चालु र पुँजीगत तर्फको बजेट प्रस्तुत भएको थियो । जिल्लाका सातवटा गाउँपालिका मध्य हाल जिल्ला समन्वय समितिको सभाहलमा जम्मा चारवटा गाउँपालिकाको मात्र निति तथा कार्य प्रस्तुत भएको हो । सो हलमा सिमकोट गाउँपालिकाको चालु र पुँजीगत तर्फको कुल रकमको ३५ कारोड आय, ३० करोड व्याय र असार अन्तीममा भुक्तानी हुँदासम्मका लागि जम्मा बाँकी रकम ५ करोड रहेको सिमकोट गाउँपालिका स्रोतले जनाएको छ । त्यस्तै सर्केगाड गाउँपालिकाको जम्मा ३९ करोड आय रहेको भए पनि अन्य रकम भने बाहिर निक्लेको थिएन ।
नाम्खा गाउँपालिकाको विशेष र समपुरक अनुदान बाहेक अन्य सवैमो कुल जम्मा २८ करोड ३८ लाख बरावरको रकमको निति कार्य प्रस्तुत भएको थियो । त्यस्तै खार्पुनाथ गाउँपालिकाले निति तथा कार्य योजनको हाटकपी जिल्ला समन्वय समितिलाई बुझाएको समन्वयका निमित्त कार्यकारी प्रमुख भिमबहादुर रोकायाले बताउनु भयो । सभामा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी बुढाले हुम्लामा हालसम्म पनि जातीय विभेदको अन्त्य नभएको महसुस गर्नु भएको थियो । यस्ता कार्यहरु समयमै अन्त्य हुनु जरुरत देखिएको बतानु भयो ।
प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले भन्नु भयो गाउँपालिकाले विभिन्न क्षेत्रमा छुट्याएको रकमको सम्वोधन गर्दै जिल्लामा एउटा बाल सुधार भवनको पनि आवश्यक्ता रहेको छ यसका लागि सात वटै गाउँपालिकालाई आर्थिक सहयोगका लागि अनुरोध समेत गर्नु भएको थियो । सभामा बोल्दै संञ्चारकर्मीका समस्या समधानका लागि सवै गाउँपालिकाले पत्रकार क्षमता अभिवृद्धिका लागि सहयोग गर्नु पर्ने पत्रकार राजन रावतको अनुरोध थियो । हुम्ला जिल्लाको सात वटै गाउँपालिकाले निति तथा कार्य योजना प्रस्तुत गर्ने भनिएता पनि जिल्लाका चारवटा गाउँपालिकाले मात्र निति तथा कार्य योजना प्रस्तुत गरेका थिए ।
हुम्ला एउट भौगोलिक विकट्ताले गर्दा पनि अदानचुलि, ताँजाकोट र चंखेली गाउँपालिकाले आफ्नो निति तथा कार्य प्रस्तुत गर्नका लागि सभामा उपस्थित हुन सकेका थिएनन् । कार्यक्रम जिल्ला समन्वय सकितिका प्रमुख दानबहादुर रावतको अध्यक्षतामा सञ्चालन भएको थियो । सोही दिन बसेको जिल्ला समन्वय समितिको बोर्ड मिटिंगले विभिन्न निर्णय गरेको छ । सभामा उठेका गुनासाहरु माथि मध्य नजर राख्दै समस्याको समधान तिर लाग्ने र तीनवटा गाउँपालिकाले निति तथा कार्य योजना नबुझाउने चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकालाई सो समन्वयले स्पस्टिकरण सोधि त्यस्को बोधार्थ मन्त्रालयमा पठाउने निर्णय समेत गरेको समन्वयका निमित्त प्रशासकिय प्रमुख रोकायाले जानकारी दिनु भयो ।