Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

काठमाडौं
बालबालिकालाई दिइने खोप कार्यक्रम सुरक्षित साथ सञ्चालन गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले खोप कार्यक्रमलाई सञ्चालन गर्न अन्तरिम आदेश दिएको हो ।

सरकारले कोरोना भाइरसको संक्रमण हुने डरले केही समयका लागि बालबालिकाहरुलाई लगाईने खोप कार्यक्रमलाई स्थगित गरेको थियो । त्यस्तो कार्यक्रमलाई स्थगित गरेपछि बालबालिकाहरुको स्वास्थ्य सम्बन्धि मौलिक हक तथा कानूनी हक उल्लंघन भएको उल्ले गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाललगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतले खोप अभियान सञ्चालन नगर्दा बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न जाने उल्लेख गर्दै त्यस्तो अभियान लागू गर्न अन्तरिम आदेश दिएको हो । खोप अभियानलाई रोक लगाउनुको कारण १५ दिन भित्र पेश गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ । रिट निवेदकको तर्फबाट अधिवक्ताहरु विकास भट्टराई, अनन्तराज लुइटेल, ज्ञानेन्द्रराज आरन, प्रतिभा उप्रेती, लक्ष्मीनानी थापालगायतले बहस गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९