दाने बोहरा आइतबार, आषाढ २१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

उच्च हिमाली जिल्ला हुम्लामा पहिलो पटक आफ्नो परम्परा झल्काउने होमेस्टे सन्चालनमा आएको छ । हुम्लाको सिमकोट गाउँपालिका वडा ७ डाडाफयाँ गाउँका स्थानीयबासिन्दाले मौली परम्परालाई झल्काउदै गेट वे कैलाश होमस्टे सञ्चालन गरेका छन् ।


स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षक गर्नका लागी ४५ घरधुरी रहेको डाडाफयाँ गाउँका ६ वटा घरमा होमेस्टे शुरु गरीएको छ । गेट वे कैलाश होमस्टेले आफ्नो मौलिख पहिचान दिनका लागी पुराना पुरातात्वीक, धातुका भाडाकुडी, गरगहना, मौलिकता झल्काउनुका साथै संरक्षणका लागी गुनिउ,चोलो लगायत महिलाले लगाउने गहना हेर्न सकिने मन्दिर सिंहले जानकारी दिुए ।

हुम्लामा मानसरोवर कैलाश दर्शन सहित लिमीभ्याली घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको लागी आकर्षणको गराएको छ ।
कर्णाली प्रेदश सरकारको प्रर्यटन मन्त्रालयद्धारा ४० लाखको लागतमा १ संग्रालय सहित होमेस्टे घरबार व्यवस्थापन सुरु गरेका हुन् ।

४५ घरधुरी रहेको डाँडाफयामा ६ वटा घरपरिवारले गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सुरु गरिएको छ ।


कर्णाली प्रदेश ग्रामीण पर्यटनका दृष्टिले आफ्नो प्रदेशका सयौं गाउँवस्ती प्रचुर सम्भावनाले भरिएको र ती गाउँमा आवश्यक विकास गर्दै पर्यटकीय गाउँ बनाउने तिर लागेमा हुम्लाको प्रचार हुने सिंहले बताए ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९