हुम्ला
नेपाल सरकारले वन्दा वन्दी केही खुकुलो बनाए पछि माननिय जिल्ला न्यायाधी रामप्रसाद बस्याल अषाढ १७ गते हुम्ला आइ पुगे संगै हुम्ला जिल्ला अदालतमा तारेख दिने, मुद्दा दर्ता गर्ने, मुद्दाको सुनुवाइ प्रक्रियाहरु अगाडि बढाइएको छ । चैत्त ११ गते पछि हुम्ला जिल्ला अदालतमा तारेख दिने, मुद्दा फैसला गर्ने, मुद्दा दर्ता गर्ने लगाएतका काम वन्दावन्दीले प्रभावित भएका थिए ।
माननिय जिल्ला न्यायाधी रामप्रसाद बस्याल बाँके जिल्ला अदालतमा दरवन्दी भई हुम्ला जिल्ला अदालतमा कागजमा खटि काम कार्वाही गर्दै आउनु भएको छ ।
हिमाली जिल्ला हुम्लाका सरकारी कार्यालयमा सेवाग्राहीको चहल पहल बढ्न थालेको छ । सामाजिक दुरी कायम गरी कार्यालय अगाडि राखिएको सावुन पानीले २० सेकेन सम्म हात मिचि धोएर सेवाग्राहीले सरकारी कार्यालयबाट सेवा लिन थालेका छन् ।
७७ जिल्ला मध्य हुम्ला जिल्लामा विहिवार सम्म कोरोना संक्रमण देखिएको छैन । जुन दुइजनामा देखिएको भनिएका व्यक्ती जिल्ला बाहिर बसाइ सराइ तथा कर्मचारी हुन ।
चैत ११ गते देखिको लगडाउनले बन्द रहेका सरकारी कार्यालयहरु आम्सिक रुपमा खुल्न थालेका छन् । जिल्लामा कर्मचारी तथा अन्यलाई बन्दाबन्दीको वेला हवाइ जहाजमा आवत जावतमा समेत वन्द गरिएको थियो । यो पछिल्लो समयमा नेपाल सरकारले वन्दाबन्दीलाई आम्सिकरुपमा खुल्ला गर्ने निर्णय गरे संगै जिल्लामा स्थापित सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी गृहको अनुमती लिई जिल्ला भित्रीन थालेका छन् ।