नन्द सिंह बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
जिल्लाका विभिन्न संघसंस्थाहरुले कोरोना सम्बन्धि सहयोग गरेका सामग्रि कहाँ गएका छन् ?जिल्ला विपत व्यवस्थापन समितिले विभिन्न गैरसरकारी कार्यालयबाट लाखौँको रकम बुझेर पनि कुन ठाउँमा लगानी गरेका छन् त्यसको अत्तोपत्तो भएको देखिन्न ।

तर स्थानीय तह मधय हुम्लाका विभिन्न संघसंस्थाद्धारा सिमकोट गाउँपालिकालाई पनि कोरोना सम्बन्धि सामग्रि हस्तान्त्रण गर्दै आएका छन् । जिल्लामा स्थापीत छानी छोईङडोल्मा पाउन्डेसन नेपाल, प्रारम्भ सामाजिक संस्था नेपाल, मन्जरी फाउन्डेसन नेपाल, छाया नेपाल र योङ्खस्टार क्लवले कोरोना रोगको सहयोगका लागि सो गाउँपालिकालाई विभिन्न सामग्रि हस्तान्त्रण गरेको जानकारी आएको छ ।

जिल्लामा रहेका सो संस्थाद्धारा असार १६ गतेका दिन २ वटा किट वक्स, ५ वटा पिपिई सेट, २ सय ५० सर्जिकल मास्क र २५ पिस डिटोल साबुन सहयोग गरेको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनु भएको हो । बन्दाबन्दीको अभदि भित्रै अघिल्लो चरणमा प्रदेश सरकारले १५ लाख बराबरको कोरोना सम्न्धिको सामग्रिलाई आर्थिक सहयोग गरे पनि पछिल्लो चरणमा भने स्थानीय तहलाई आर्थिक सहयोग नभएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताउनु भयो ।

उहाँका अनुसार गाउँपालिकामा आर्थिक अभावका कारण कोरोना सम्वन्धिको विभिन्न कार्यमा समस्या हुने गरेको छ । हाल केही संघसंस्थाहरुले सामान्य सामग्रि सहयोग गरे पनि त्यो भने प्राप्त मात्रामा नपुग्ने बताइएको छ । तर जिल्ला विपत व्यवस्थापन समितिलाई भने हुम्लाका एक दर्जन भन्दा बढि गैर सरकारी संस्थाहरुले लाखौँको रकमका कोरोनाका सामग्रिहरु सहयोग भएका छन् ।

त्यो सामग्रि र आर्थिक कहाँ जान्छ ? जिल्लामा बन्दाबन्दिकै समयमा केही समय अगाडी पनि त सो संस्थाहरुले सामग्रि तथा औषधि सहयोग गरेकै हो । तर पनि क्वारेन्टाइनाम बसेका व्यक्तिहरुले गुनासो गर्दै आएका छन् । त्यसको समयमै सार्वजनिक हुनु जरुरत छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९