राज शाही शनिबार, आषाढ ०६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडले  हुम्जिला ल्ला भित्रका बिक्री केन्द्र, डिपो र शाखाबाट दश प्रतिशत छुटमा खाद्यान्न बिक्री गरेको छ । बन्दाबन्दीका बेला सरकार घोषणा गरेका छुटको ब्यबस्थालाई कार्यान्वयन गर्दै लिमिटेडले २०७७ सालको बैशाख १३ गतेदेखि जेठ ३० गतेसम्म खाद्यान्न बिक्री गरेको हो ।

यो अबधिमा हुम्ला जिल्ला भित्रका सबै डिपो, बिक्री केन्द्र र शाखाबाट गरि चार हजार २ सय ८८ क्वीन्टल ६० केजी खाद्यान्न दश प्रतिशत छुटमा बिक्री गरेको लिमिटेडका हुम्ला शाखाका प्रमुख राम बहादुर बिष्टले बताएका छन ।

प्रति केजी ५७ रुपियाँ देखि ७० रुपियाँसम्म पर्ने खाद्यान्न छुटमा बिक्री गर्दा २६ लाख ४० हजार ९ सय १९ रुपियाँ मुल्य सर्बसाधारण, ब्यापारी तथा कर्मचारी सबैले सहुलियत पाएका हुन । उक्त छुट रकम सरकारले ब्यहोर्ने छ । छुटमा खाद्यान्न पाउनेमा शाखाबाट सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका  बासिन्दा रहेका छन ।

अन्य चार वटा सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका बासिन्दाहरुले डिपो र बिक्री केन्द्रबाट छुटको खाद्यान्न पाएका हुन  । खाद्यान्न भने परिवार संख्याका आधारमा पाउने गरिन्छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९