Mansarowar Times सोमबार, बैशाख २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

काठमाडौँ
अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा पूर्वबजेट छलफलअन्तर्गत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० सम्बन्धमा भएको छलफलपछि जवाफ दिँदै मन्त्री खतिवडाले अहिलेको पहिलो चुनौती जीवनरक्षा भएको र जीवनरक्षाकै लागि आर्थिक गतिविधिलाई पनि सँगसँगै अघि बढाउने दिशामा सरकारउन्मुख भएको बताउनुभयो ।

मन्त्री खतिवडाले कृषि उत्पादनले बजार पाउनुपर्ने र स्थानीय तहलाई थप अधिकार दिने कुराहरुलाई स्वीकार गर्दै कोरोना जोखिमका समयमा प्रदेश र स्थानीय तह सक्रिय भई सङ्घीयताको औचित्य पुष्टि गरेकाले तीन वटै तहका सरकारबीच समन्वय बढाउने गरी बजेटको प्रबन्ध गर्ने बताउनुभयो ।

उहाँले सांसदहरुले कोरोना सङ्कटले प्रभावित भएको अर्थतन्त्रलाई माथि उठाउन कृषि क्षेत्रलाई प्राथमिकता दिन र स्वास्थ्य पूर्वाधारमा लगानी बढाउन दिएका सुझावलाई बजेट निर्माणका क्रममा मार्गदर्शनका रुपमा लिइने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खतिवडाले विदेशमा रहेका नेपालीलाई बेवारिसे हुन नदिने र कूटनीतिक माध्यमबाट आवश्यक सहयोग गरिने तर सीमा खोल्ने वा आवागमन गर्ने कुरा जोखमयुक्त हुने पनि बताउनुभयो । उहाँले अरु क्षेत्रको विकाससँगै कृषिको सन्तुलित विकासको मार्गमा सरकारले अघि बढ्ने जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख ३१ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९