बन्दहुदै आएको कर्णाली करिडोरको खार्पुनाथ गाउँपालिका– १ को बोक्चेगौडा सडक चार दिनका लागि आज बुधबारबाट सञ्चालन भएको छ । बिकास निर्माण सामाग्री भित्र्याउन र सर्बसाधरण यात्रुको हितलाई ध्यानमा राखेर सडक सुचारु गरिएको हो । मंगलबारसम्म बन्द रहेको बोक्चे गौडा सडक बैशाख १० गते बुधबार दिउसो देखि १३ गतेसम्मका लागि सञ्चालन भएको उक्त सडक खण्डमा काम गर्दै आएको नेपाली सेना बिकास निर्माण दलका सेनानी अमृत पराजुलीले बताएका छन् । माथिल्लो तीन वटा खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका लागि बिकास निर्माण, ब्यापारिक प्रयोजनका सामाग्री भित्र्याउन र यात्रुहरुको सहजताका लागि नेपाली सेनाले सडकको निर्माण कार्य रोकेर सुचारु गरिएको हो ।
सडक सञ्चालन हुने चार दिन सबै खालका यातायातका साधनहरु सुचारु हुने छन । यसबाट चार दिनको अबधिमा सबै खाले यातायातका साधन संचालन गराएर सबै सेवा प्रदायक निकायहरुलाई सेवा प्रवाह गर्न उनले आग्रह गरेका थिए । बिकास निर्माणका काममा बाधा नपुगोस र यात्रुहरुलाई पनि आवातजावतमा सहजता होस भन्ने सेनाले चार दिन सडक निर्माणको काम रोखेर सुचारु गरेको हो । उद्योग बाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले सबैलाई सहय हुने गरि सडक सुचारु हुनु राम्रो कार्य भएको बताउदै यसले असजिलो बोक्चे गौडाको सडक पनि निर्माण हुने र अन्य काम पनि नरोकिने अवस्था आएको जानकारी दिएका छन ।
सडक बन्द हुँदा धेरै ब्यापारी मर्कामा परेको बताउदै उनले अब चार दिनमा आआफ्नो सामाग्री समयमै ओसार्ने बाताबरण निर्माणमा लाग्न आग्रह गरे । पछिल्लो समय निर्माणका लागि टेण्डर आव्हान गरिएका कामहरु रोकिने अवस्था रहेको बेला सडक सञ्चालनमा आएने भएपछि केही सहज भएको छ । गत चैत्र २५ गते बाट सेनाले सडक निर्माणको काम गर्दै सडक बन्द गरेको थियो ।