एकिकृतसामुदायिक बिकास परियोजना ब्यबस्थापन समिति गठनका लागि परियोजना लागु भएका गाँउपालिकाहरुबाट स्पोन्सर बालबालिकाहरुका अभिभावकहरुबाट छनौट भई आएका प्रतिनिधिहरुको बैठक बसेको छ । उक्त बैठकले परियोजना ब्यबस्थापन समिति गठन,,परियोजना ब्यबस्थापन समितिको पहिलो बैठक संचालन सम्बन्धमा छलफल गरि निर्णय गरिएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक वुढाले बताएका छन् ।
उक्त बैठकले गुडनेबर्स ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र एस.आई.डिसी हुम्लाद्धारा एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गत कार्यक्रमहरु कार्यान्वयन, नियमन, अनुगमन तथा संचालनका लागि जिल्ला स्तरिय परियोजन ब्यबस्थापन समिति गठन गरेको जानकारी प्राप्त भएको छ । नव गठित परियोजन ब्यबस्थापन समितिमा बिरबहादुर वुढा अध्यक्ष, विमला कुमारी भण्डारी, धर्मराज शाही, धनदेवी सिंह, सर्पजित रावल,सर्जनी रावल, नारायण प्रसाद चौधरी र जनक वुढा सदस्य रहने गरी उक्त समिति गठन गरीएको स्नोल्याण्ड एकिकृत विकास केन्द्र एस आइ डिसीका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले बताएका छन् ।
त्यसै गरी यस नव गठित परियोजन ब्यबस्थापन समितिको पहिलो बैठक संचालन गरी किर्डाक नेपाल र एस.आई.डिसी हुम्लाद्धारा एकिकृत सामुदायिक बिकास परियोजना सन्चालन भएका बिभिन्न कार्यक्रमहरु सम्बन्धि अन्तरकृया तथा छलफल गर्ने निर्णय समेत गरिएको वुढाले बताएका छन् ।