शान्तिकुमारी सिंह सोमबार, चैत्र १०, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

न्याय प्रशासन ऐन २०७३को व्यवस्था बमोजिम हुम्ला जिल्ला अदालतले अर्ध न्यायिक निकायहरूको कामकारवाहीबारे  निगरानी तथा अनुगमन गरेको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २१ मा जिल्ला अदालत नियमावली २०७५ को नियम ८३(क) बमोजिम हुम्ला जिल्लामा रहेको कारागार कार्यालय सिमकोटको अनुगमन गरेको हो ।  ‘जिल्ला अदालतले आफनो क्षेत्राधिकारभित्र रहेका अर्धन्यायिक निकायको काम कारवाहीको निगरानी गर्ने व्यवस्था रहेको डिठ्ठा कलबहादुर रावतले बताएका छन्  । यसै बमोजिम सोमबार हुम्ला जिल्ला अदालतले जिल्ला कारागार कार्यालय  हुम्लाको अनुगमन तथा निरिक्षण गरेको तामेलदार जनक रोकायाले बताएका छन् ।

अनुगमनका क्रममा कैदी संख्या ३ जना, थुनुवा ५ जना र म्याद थप १ जना गरी जम्मा नौ जना रहेको तामेलदार कमल धमलाले बताएका हुन । कैदीलाई दैनिक ७ सय ग्राम चामल, प्रतिव्यक्ति रु ८० रुपैयाँ, वर्षको एक पटक चाडबाट खर्च ३ सय रुपैयाँ, जाडो र गर्मी मौसमको लागी लुगा प्रतिव्यक्ति २ हजार ५ सय, सिरक डसना प्रत्यक व्यक्तिलाई २।२ थान उपलब्ध गरेको जिल्ला अदालतका श्रेस्तेदार श्रीदीप वाग्लले बताएका छन् ।

पुरुष कारागार भवन निर्माण भएको भए पनि हस्तान्तरण नभइ सकेको हुँदा पुरुष कैदी हिरासदमै बस्न वाध्य भएका छन् भने महिला कारागार भवन निर्माण नभएको पाइएको छ । कारागार भवन निर्माण धिन अवस्थामा रहेकाले  कारागार कार्यालय व्यवस्थित रुपमा संचालन गर्न समस्या सिर्जना भएको देखिएकाले कारगार भवन यथासक्य चाँडो निर्माण गरी संचालन गर्नका लागी सम्बन्धित व्यक्ति संस्था  तथा निकायसँग आवश्यक समन्वय गरी काम कार्य तिव्र पार्नु पर्ने देखिएको हुम्ला जिल्ला अदालतका न्यायाधीश शम्भु प्रसाद बरालले बताएका छन् ।

कारागार कार्यालयको कैदी तथा थुनुवा राख्नकालागि आफ्नो छुट्टै भवन अभाव भएका कारण ९ जना कैदी तथा थुनुवाहरु जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेकोमा निज थुनुवाहरुसँग भेटघाट गरिएको र थुनुवा तथा कैदीहरुले कानून बमोजिम पाउनु पर्ने सुविधा पाएको कुरा निजहरुबाटै बुझिएको अदालतका श्रेस्तेदार श्रीदीप वाग्लेले बताएका छन् । जिल्ला न्यायाधीश बराल र श्रेस्तेदार वाग्ले द्धारा कामकारवाहीको निगरानी गर्नुका साथै उनीहरूलाई निर्देशन, रायसुझाव, सल्लाह पनि दिइने गरिएको तामेलदार डिठ्ठा राज बहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र
कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा
हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९