राज शाही हुम्ला
आफ्नो सिमा मिचेको भन्दै खार्पुनाथ गाउँ पालिकाका युवाहरु आन्दोलित भएका छन् । सर्केगाड गाउँ पालिका वडा नं ८ का केही व्यक्तीले भ्यु टावरको नाममा खार्पुनाथ गाउँ पालिकाको सिमामिचेको भन्दै निर्माण कार्य बन्द गराएका छन् ।
खार्पुनाथ गाउँ पालिकालाई थाहा जानकारी नदिई खार्पुनाथको भुमी मिचेको प्रति खार्पुनाथ गाउँ पालिका वडा नं ५ दुर्पा, खर्पेलगाउँ, ताक्ला, बाँम्टा, याँङचु ,जाकोटका स्थानियवासीले उक्त निर्माण कार्य वन्द गर्न लगाएका छन् ।
खार्पुनाथ गाउँ पालिका वडा नं ५ का युवा नेता प्रकास बहादुर शाहीले सर्केगाड गाउँ पालिकाका मानिसहरुले भुमि अधिकार विहिनको क्षेत्रमा प्रवेश गरि हेपाह प्रवृतिमा खार्पुनाथ गाउँ पालिकाको जग्गा मिच्ने कोशिष गरी खार्पुनाथ र सर्केगाड गाउँ पालिका विचको सदभावमा खलल पुर्याउने काम भएकाले सो निर्माण कार्य तत्काल रोक्न शाहीले जानकारी गराएका छन् । यदि सुवार्द पुर्ण वातावरणमा उक्त निर्माण कार्य वन्द नगरिएमा जे पनि हुन सक्ने शाहीले बताएका छन् ।
वन डिभिजन कार्यालय हुम्ला र भ्यु टावर निर्माण उपभोक्ता समिति विच सम्झौता भई निर्माण कार्य सुरु गरिएको भए पनि खार्पुनाथ गाउँ पालिका याँङचु बजारको निर्माण कार्य रोक्काकाको सिफारिस र निवेदन डिभिजन वन कार्यालय हुम्लामा दर्ता गराइ सकिएको युवा नेता शाहीले बताएका छन् ।
खार्पुनाथ गाउँ पालिकाको सिमाना मिचि निर्माण गर्ने भए पनि थाहा जानकारी गराउनु पर्ने, लुकी छिपी, चोरबाटो खोजी एक गाउँ पालिकाको मानिसले अर्को गाउँ पालिकाको भुमीमा अधिकरण गरि भ्यु टावर बनाउनु गलत भएको दुर्पा गाउँ निरवासी गोर्ख रोकायाले बताएका छन् ।
खार्पुनाथ गाउँ पालिकाको पुर्वमा कस्तुरी कोट, पश्चिममा खार्पु नदि, उत्तर दुदे दह र दक्षिण झारसाँदी खार्पुनाथ गाउँ पालिकाको भएकाले बाहिरका क्षेत्राधिकार नभएका गाउँ पालिकाका मानिसले अनैतिक गतिविधि खार्पुनाथ गाउँ पालिकाको भ्यु टावरमा गर्न लागेकाले तत्काल सो निर्माण कार्य वन्द गरिएको हो ।
भिमसेन दुला प्राकृतिक रुपमा सुन्द्रता रहेको र प्राकृतिक सम्पदा मेटिने गरि कोही कसैले सो ठाउँमा कृतिम भ्यु टावर निर्माण गर्ने नाममा प्राकृतिक संम्पदाको नासमास गर्न नहुने स्थानियको भनाइ रहेको छ । भ्यु टावर निर्माण क्षेत्र न आज सर्केगाड गाउँ पालिकाको थियो न भोलिनै हुने छ त्यसैले कोही कसैको निजि स्वार्थका लागी अर्काको जमिन मिचि भ्यु टवार बनाउनु गलत भएको खार्पुनाथ वासीको भनाइ रहेको ।
खार्पुनाथ क्षेत्रमा पर्ने भिमसेन दुला अर्थात भ्यु टावर निर्माण गर्न लागिएको क्षेत्रमा प्राकृतिक सम्पदाको संरक्षण गरी, प्रयटकिय क्षेत्रको रुपमा बिकास गर्ने नै हो भने खार्पुनाथ गाउँ पालिकाको नाममा योजना निर्माण हुनु पर्ने, हैन भने सर्केगाड गाउँ पालिका र खार्पुनाथ गाउँ पालिकाको सदभाव खलवलिने गरी निर्माण हुन लागेको भ्यु टावर निर्माण कार्य तत्काल रोक्न सरोकारवाला निकायलाई युवा नेता शाहीले बताएका छन् ।