राज शाही आइतबार, आषाढ ०३, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

सामुदायिक सिकाई केन्द्रका लागी आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीहरु वितरण गरिएको छ । सहकारी संस्थालाई वितरण गरिएका सामाग्रीमा गार्डेन पाइप, बाल्टी, नंग्रे, स्प्रिङकल , कुटो, स्प्रे ट्यांक, ड्रम रहेको लघुवित्त सहकारी विकास अधिकृत रमेश बहादुर शाहीले बताएका छन् ।

उक्त सामाग्री जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत प्रबर्द्दित सहकारी संस्था भित्र आबद्द रहेका कृषकहरुलाई वितरण गरिएको अधिकृत शाहीले  बताएका छन् । कृषकहरुको जिविकोपार्जन सुधार तथा बाताबरण मैत्री तवरले तरकारी उत्पादन गरी उत्पादकत्व बढाउनको लागी उक्त सामाग्री सहयोग भएको हो ।

सामाग्री गुडनेवर्स इन्टरनेशलन नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाको सहकार्य तथा समन्वयमा हुम्ला जिल्ला भित्र एकीकृत सामुदायिक बिकास परियोजन अन्तर्गत प्रबर्द्दित सहकारी संस्था भित्र आबद्द रहेका कृषकहरुलाई आइतबार वितरण गरिएको हो । कृषि सामाग्री पाउनेमा दुधकुन्ड महिला विकास बहूदेश्शिय सहकारी संस्था (छिप्रा,माजा र नल्ना ) का १ सय २६ जना , पन्चमुखी दुधेदह कृषि सहकारी संस्था (सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम र बुराउँसे ) का ८४ जना र मस्टदेब कृषि सहकारी संस्था ठेहेका ५० जना कृषकहरु ( महिला-२ सय ४१ जना र पुरूष-१९ जना ) गरि जम्मा २ सय ६० जना कृषकलाई वितरण गरिएको हो ।

समुदाय स्तरमा नै प्रबिधिको प्रयोग गर्न सिकाउनको लागी सिकाई केन्द्र स्थापना गर्न सामुदायिक सिकाई केन्द्रका लागी आवश्यक पर्ने विभिन्न किसिमका कृषि सामाग्रीहरु ( गार्डेन पाईप, बाल्टी, नंग्रे, स्प्रिङकल , कुटो, स्प्रे ट्यांक, ड्रम ) लगायतका सामाग्रीहरु कृषकहरुलाई वितरण गरिएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९