राज शाही शनिबार, फाल्गुण १९, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

दादुरा रुवेला खोप हुम्ला जिल्लामा फागुन २५ गतेबाट संचालन भइ चैत ७ गते भित्र सम्पन्न गर्नका लागी यतिवेला जिल्लामा संचारकर्मी, सरोकारवाला निकायसँग गोष्ठी, स्वास्थकर्मीलाई अभिमुखीकरण कार्यक्रम संचालन भइ रहेका छन् । यसको व्यापक प्रचार प्रसार गरी यो अभियानलाई सफलता पुर्वक सम्पन्न गर्नका लागी जिल्ला स्वास्थ्य कार्याल लागी परेको छ ।

हुम्ला जिल्लामा ७ वटा गाउँपालिका रहेको र ति गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कर्मी सँग समन्वय गरी यो कार्यक्रम तोकिएकै मितिमा समपन्न गर्ने गरी जिल्ला स्वास्थ्य सेवा कार्यालय लागी परेको सोही कार्यालय प्रमुख प्रेम सिंहले बताएका छन् । यो हिमपातले हुम्ला जिल्लाको उच्च हिमाली क्षेत्रमा रहेको नाम्खा गाउँपालिका वडा नं ६ को लिमी र वडा नं ४ को चालामा केही समस्या हुने देखिए पनि खोपलाइ तोकिएकै मितिमा लगाउनका लागी उक्त गाउँपालिकाका जन प्रतिनिधि कर्मचारीसँग समन्वय छलफल भइरहेको प्रमुख सिंहले बताएका छन् ।

हुम्ला जिल्लामा दादुरा रुवेला खोप संचालनका लागी १ सय ७ वटा खोप केन्द्र स्थापना गरिएको छ । जसमा नाम्खा गाउँपालिकामा १५ वटा, सिमकोट गाउँपालिकामा २० वटा, खार्पुनाथ गाउँपालिकामा१४ वटा, सर्केगाड गाउँपालिकामा २३ वटा, चंखेली गाउँपालिकामा १२ वटा, अदानचुली गाउँपालिकामा १२ वटा र ताँजाकोट गाउँपालिकामा ११ वटा खोप केन्द्र तोकिएका छन् । उक्त खोप केन्द्रमा फागुन २५ गते देखि चैत ७ गते भित्र दादुरा र रुवेला खोप लगाइने भएको छ ।

हुम्ला जिल्लामा ९ महिनादेखि ५ वर्ष सम्मका सबै बालबालिकालाई अनिबार्य दादुरा रुबेला खोप लगाउने अभियान फागुन २५ गतेबाट सुरु हुने र यस अभियानमा ५ वर्ष मुनिका बाल बालिकालाई छुट भएको नियमित खोप पनि लगाइने भएकाले बच्चाको पहिला खोप लगाउँदाको खोपकार्ड अनिवार्य लिएर जानको लागी पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिंहले  जानकारी गराएका छन् ।

दादुरा रुबेला रोग लागेको १ जना ब्यक्तिले १८ जनासम्मलाई दादुरा रुबेला रोग सार्न सक्ने भएकाले यो रोगबाट सुरक्षित रहन सम्पुर्ण बालबालिकालाई अनिवार्य रुपमा दादुरा रुबेला विरुद्धको खोप लगाउनु अति आवश्यक रहेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावतले बताएकी छन् ।

यस्ता घातक रोगहरुबाट भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पुर्ण रुपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पुर्ण स्वास्थ्यका सरोकार वालाहरुको महत्वपुर्ण भुमिका रहनु पर्ने बताउदै नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष राजन रावतले बताएका छन।

राष्ट्रिय खोप कार्यक्रमको सफलताले नेपालको शिशु तथा बाल मृत्युदर घटाउनमा उल्लेखनिय रुपमा योगदान पुर्‍याएको,यो कार्यक्रमले खोपबाट बचाउन सकिने रोगहरुको नियन्त्रण निवारण र उन्मुलनतर्फ हासिल गरेका उपलब्धि हरुमा जापानिज इन्सेफ्लाइटिस रोगको नियन्त्रण मातृ तथा नवशिशु धनुष्टङ्कार रोगको निवारण र पोलियो रोग शून्य अवस्था कायम गरी उन्मुलन गर्नतर्फ अग्रसर भएको तथ्यलाई लिन सकिन्छ र दादुरा रुबेला रोग नियन्त्रण गर्न हामी सक्षम भएका छौं  भने सन २०२६ सम्ममा यी दुवै रोगहरुलाई निवारण गर्ने लक्ष्य लिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल बताएका छन्।

नियमित खोप सेवाको माध्यमबाट दादुरा रुबेला खोप ९ महिनाको उमेरमा पहिलो मात्रा र १५ महिनाको उमेरमा दोस्रो मात्रा दिँदै आएका छौं भने ४-४ वर्षको फरकमा देशब्यापीरुपमा दादुरा रुबेला अभियान पनि सन्चालन गरिदैं आएको छ। अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा भएकोले पहिला यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा दादुरा रुबेला खोप लगाउनु पर्ने बताउदै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले  बताएका छन् ।

दादुरा रुवेला खोप सम्बन्धी संचारकर्मी र सरोकारवाला वीच अन्तरक्रिया कार्यक्रम जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजनामा शनिवार संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९