नन्द सिंह बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
हुम्ला जिल्लाका करीव ६० जना गरीव जेहान्दार तथा विपन्न वर्गका घरपरिवारका हुम्ली नागरिकलाई सधैँभरि जनताको सेवामा खटि रहने सिता एयरले विना लगानीमा नेपागञ्ज र सुर्खेतबाट उद्धार गरेको छ । कोरोनाका कारण जिल्ला बाहिर अलपत्र परेका सो व्यक्तिहरुलाई आर्थिक अभावका कारण विना आर्थिकमा सिता जहाज मार्फत सिमकोट उद्धार गरिएको हो  ।

बैशाख २२ गते यता हालसम्म सो व्यक्तिहरुको उद्धार गरिएको छ। विगत लामो समयदेखि अलपत्र परेका हुम्लाका हजारौँ नागरिकहरुलाई हवाई जहाजद्धारा उद्धार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विश्व भरिनै कोरोना भाइरस तथा काभिड १९ को संक्रमणले गर्दा देश नै आक्रन्त भएपछि गत ०७६ चैत ११ गतेबाट नेपाल सरकारले वन्दावन्दीको घोषणा गरे अनुसार विभिन्न जिल्लाका लाखौँ व्यक्तिहरु देश बाहिर तथा देश भित्रै भए पनि उनिहरु अलपत्रमा परेका थिए ।

देश बाहिर अलपत्र परेका नेपाली नागरिकहरुलाई उद्धार गर्ने कार्य जारी रहेको भए पनि स्वो देशमा रहेका नागरिकको भने आ आफ्नै जिल्लामा फर्केनेको संख्यामा उल्लेखनीय रहको छ । नेपाल सरकारले गरेको बन्दावन्दीमा जो जाहाँ छ त्यँही बस्ने नियम लागु गरे पनि अन्तमा गास,बास र कपासको समस्या आउन थालेपछि ती नागरिकहरु आफ्नै जिल्लामा फर्कनका लागि हार गुहाँर गर्न थालेका थिए ।

सरकारले एक ठाउँबाट अर्को ठाउँमा जान नपाइने भने पनि विभिन्न समस्याका बावाजुत पुनः सरकारले जिल्ला फर्काउने निर्णय गरे अनुसार बैशाख २२ गतेदखि सिता, समिट र तारा एयरले काठमाण्डौँ, नेपालगंज लगायत सुर्खेतमा अलपत्र परेका हुम्ली नागरिकलाई उद्धार गर्दै आएका थिए ।
अघिल्लो चरणमा उद्धार गरिएका व्यक्तिहरुलाई पहिलाकै भाडादर कायम गरिएको थियो भने पछिल्लो चरणमा उद्धार गर्दा गरीव, निमुखा र विपन्न परिवारका व्यक्तिहरुलाई भने सौलियतको भाडादर कायम गरिएको सिता एयर कर्णाली प्रदेशका मार्केटिङ् डाइरेक्टर मनोज भारतीले बताए ।

उनका अनुसार असार ४ गते करीव १ सय २१ जना मध्ये ५५ जना हुम्लीहरुलाई सिता एयर मार्फत प्रति व्यक्ति ७ हजारमा उद्धार गरेको थियो भने समिट एयरले ८ हजारका दरले सुर्खेतदेखि हुम्ला पुगाएको छ । आजबाट अलपत्र परेका हुम्लीहरु नेपालगञ्ज र सुर्खेतमा नरहेको र केही व्यक्तिहरु विभिन्न समस्याका कारण छुटेको भए पनि गृह मन्त्रालयको सिफारीसमा जिल्ला बाहिर आवत जावत गर्न मिल्ने भएको छ । आजै उद्धार गरिएका मध्य ९२ जना नाम्खा, २७ जना सिमकोट, एक जना सर्केगाड र खार्पुनाथ गाउँपालिका एक जना गरि जम्मा १ सय २१ जना हुम्ला आई पुगेका छन् ।
अवका दिनमा सिता एयरले कारगोको समान ओसारपसार गर्ने भएको सिता एयरका सिमकोट विमान स्थलका सहायक इस्टेशन इन्चार्ज सुर्य लामाले बताए ।

सम्बन्धित

ताजा अपडेट
हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र
कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा
हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९