आगलागी पीडितका लागी गाउँ पालिकाबाट सहयोग प्राप्त भएको छ । खार्पुनाथ गाउँपालिका वडा नं ५ को याँङचु (डाँडाबाडा) गाउँकी लक्षीमा सिंहका लागी १ लाख नगद प्राप्त भएको हो । सो सहयोग हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरतजंग शाहीको पहलमा खार्पुनाथ गाउँपालिकाबाट उपलब्ध गराएका हुन ।
वडा अध्यक्ष शाहीकै पहलमा खार्पुनाथ गाउँपालिकाबाट सिमकोट सम्म एम्बुलेन्समा विरामीको उदार भएको छ । वडा अध्यक्ष शाहीकै पहलमा मानसरोवर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भण्डारीले १ वटा हवाइ टिकटको लागी सहयोग गर्ने सम्मको आश्वासन दिएका छन् ।
आगलागी पीडित सिह खार्पुनाथ गाउँपालिका वडा नं ५ को आँसीकाट्ना भन्दा माथिको सार्वजनिक सामुदायीक वनमा आगलागी हुँदा आगो नियन्त्रणका लागी गएकी थिइन । आगो नियन्त्रण गर्ने क्रममा निज घाइते सिंहको टाउको हात, छाती, मुख जलेर सक्त घाइते भएकी छन् । आफ्नो घरको आर्थिक अवस्था सारै कम्जोर भएकाले उपचारका लागी सहयोग गरिदिन निजका श्रीमान मकर सिंहले बताएका छन् ।