राज शाही बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

शिक्षा तथा मानब श्रोत केन्द्रले असार १ गतेबाट सुरुवात गरेको भर्चुअल शिक्षण पद्धतीको पहुँच भन्दा हुम्लाका आधिकाँस बिधार्थी बाहिर रहेका छन । अधिकाँसको घरमा टेलिभिजन र रेडियोको सुबिधा नभए पछि अहिलेका शिक्षण पद्धतीबाट बिधार्थीहरुले बाहिर रहनु परेको हो । सदरमुकामका विद्यालय र केही हुने खानेका छोराछोरीले टेलिभिजनबा हुने शिक्षा प्राप्त गर्न सकेपनि धेरै त्यो पहुँच भन्दा बाहिर रहेको कारण अन्य बिकल्प दिनु आवश्यक छ  ।

बालमन्दिर माविका शिक्षक मधु बस्नेतले हिमाली जिल्लाका लागि यो शिक्षण पद्धती उपयोगी नभएको बताउदै हुने खानेलाई सहज भएपनि हुदा खाने भने बिमुख रहेको बताईन । घरमा टेलिभिजन हुनेले असार १ गतेबाटै पठन पाठन सुरु गरेको भएपनि सबैको अबस्था उस्तै नरहेको बताउनु हुने बस्नेतले बिधार्थीको समस्यालाई ध्यानमा राखेर बिकल्प ल्याउन पर्ने बताएकी छन् ।

पछिल्लो शिक्षण पद्धती बारे धेरैलाई जानकारी पनि नभएको अबस्था रहेको छ । मानसरोवर नमूना माविका प्रधानाध्यापक अमर बहादुर शाहीले टेलिभिजनबाट शिक्षण गर्ने पद्धती हुम्लाका लागि उपयोगी नभएको बेला पछिल्लो शिक्षण पद्धतीबाट हुम्लाका असी भन्दा बढी प्रतिशत बिधार्थी छुटेको बताए ।

हुम्ला जस्ता जिल्लाका लागि रेडियो शिक्षण बिधि केही रुपामा उपयोगी देखिएको कारण स्थानीय एफएमको रिले स्टेसन स्थपान गर्ने र बिधार्थीका हातहातमा रेडियो दिने हो भने यसबाट पठन पाठन गर्न सकिने छ । प्रअ शाहीले यसका लागि प्रदेश र स्थानीय सरकारले बिशेष ध्यान दिनु पर्ने सुझाब दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९