कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव हुम्ली जनताका विकास वादी नेता जिवनबहादुर शाही हुम्ला बसाइका क्रममा महत्वपुर्ण कामहरु भएका छन् ।
मुख्य मन्त्री शाहीको आज मंगलबार २१ दिन सम्म हुम्ला बसाइका क्रममा नेपाली भुमी हिल्सा र लिमि लाप्चामा रहेका सिमा स्तमभको अनुगमन निरिक्षण, हिल्सा क्षेत्रको वजार ढलान सँगै सडक ढलान, सिमकोट खानेपानी मुलट्याङकीको निरिक्षण सँगै मर्मतका लागी वजेटको वेवस्था, सिमकोट वजारलाई टाउन पलानिङ सँगै सडक ढालान र स्तरउन्नतीका लागी सरोकारवाला व्यक्ती र जनप्रतिनिधि सँग छलफल अन्तरक्रिया सँगै सुन्दर सिमकोटको लागी वजेटको व्यवस्था, हुम्ला जिल्लाको सदरमुकाम सिमकोट गाउँपालिका वडा नं ५ मा रहेको शिव मन्दिरको अनुगमन निरिक्षण सो मन्दिरलाई व्यवस्थापनका लागी वजेटको व्यवस्थापन, रानीवन गोल्डकप फुटवल खेलका लागी १ लाख आर्थिक सहयोग, सिमकोट सहित खार्पुनाथ गाउँपालिकाले झेल्दै आएको विद्युतको समस्यालाई दिगोरुपमा समाधानका लागी हिल्दुम विद्युत वितरण केन्द्रको क्यानलका लागी यस अघि जोडिएका पालास्टिक पाइलाई हटाइ फलामका पाइप जोड्ने कार्यको सुरु, नेपाली काँग्रेस नेता तथा कार्यकर्तालाई प्रशिक्षण, सामुदायीक भवन र फुटवल प्रतियोगिताको उत्घाटन लगाएतका विकासे काममा प्रत्यक्षरुपमा नेपाली काँग्रेसका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य समेत रहेका शाही स्थलगतरुपमा निरिक्षण गरि सो कामहरु भएका छन् ।
हिल्दुम विद्युत वितरण केन्द्रको मर्मत भइ रहेकाले सदरमुकाम सिमकोटमा विद्युतलाईन प्रसारण नहुँदा सरकारी तथा गैर सरकारी, सामुदायिक तथा निजि विद्यालय र व्यक्तीगतरुपमा झेल्दै आएका समस्याको समाधानका लागी १४ सय लिटर जेनेटरको तेल हिल्दुम विद्युत वितरण केन्द्रलाई उपलब्ध गराएका छन् । यस अघि हिल्दुम विद्युत वितरण केन्द्रले जेन्टर संचालन गरि १ घण्टा सदरमुकाम सिमकोट सहित सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा उपलब्ध गराउदै आएको विद्युत अव ३ घण्टा सम्म संचालनमा आएको छ ।
हुम्ला जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं ख बाट प्रदेश सभामा निर्वाचित कर्णाली प्रदेश सभा सदस्य शाहीले १४ सय लिटर जेनेटरमा हाल्ने तेल उपलब्ध गराए सँगै दुई सिफ्टमा हिल्दुम विद्युत वितरण केन्द्रले विद्युत प्रसारण मंगलबारबाट गर्न सुरु गरेको । जसमा पहिलो युनिटबाट १२ वजे देखि १ वजे सम्म काली चोक, आवसिय विद्यालय, रेडियो कैलास र टेलिकम डाइरेक्ट लाइनमा विद्युत प्रसारण गरे छ भने दोश्रो युनिटबाट साढे १ वजे देखि साढे ३ वजे सम्म रानीवन, तल्लो बजार, एकता चोक, हस्पिटल र रेडियो कर्णाली आवाज डाइरेक्टलाईनमा विद्युत प्रसारण गरेको हिल्दुम विद्युत वितरण केन्द्रका इलेक्टिसियन प्राविधिक विर्ष सिह दमाइले बताएका छन् ।
त्यसै गरी हिल्दुम विद्युत वितरण केन्द्रको मर्मत कार्य सम्पन्न नहुँदा सम्म सोही अनुसार सिमकोटमा जेनेटर सँचालन गरेर विद्युत प्रसारण गरिने प्राविधिक दमाइले बताएका छन् । विद्युतको समस्या भइ रहेका वेला र तेल नभइ जेनेटर थन्कि रहेको अवस्थामा पुर्व मुख्य मन्त्री शाहीले १४ सय लिटर तेल उपलब्ध गराइ सदरमुकाम सिमकोट बासीलाई ३ घण्टा सम्म विद्युतको उपभोग गर्न दिएकोमा मुख्य मन्त्री शाहीलाई सदरमुकाम बासी सँगै हिल्दुम विद्युत वितरण केन्द्रले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
पुर्व मुख्य मन्त्री शाही अशोज २४ गते हुम्ला आइ पुगेका थिए ।