हुम्ला,
सिमकोट गाउँपालिका–५ को बालमन्दिर मावि विद्यालयमा बसेका ६० जना व्यक्तिद्धारा असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो हकहित र अधिकारका लागि गाउँपालिकालाई घचघच्याउन सो व्यक्तिहरु बाध्य भएका छन् ।
सदरमुकाम सिमकोट स्थित सो विद्यालयमा रहेका ६० जना नागरिकहरुलाई नेपाल सरकारले कोरोना कहरमा क्वारेन्टाइनमा बस्नेहरुका लागि भरपर्दो सेवा सुविधा नदिएको भन्दै गाउँपालिकामा धर्ना गर्न बाध्य भएको सिमकोट गाउँपालिका–५ का दिपेन्द्र रावतले गुनासो गरेका छन् ।
क्वारेन्टाइनमा बसेको ६ दिन वितिसक्दा पनि गाउँपालिकाले वास्ता नगरेको सोही ठाउँका धिरेन्द्र रावतले बताए । स्थानीय रावतका अनुसार जेठ ३२ गते सो क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई पिसिआर चेकजाँच गर्दा अदक्ष स्वास्थ्यकर्मीको प्रयोग गरेको, पिसिआर परिक्षणमा लापरवाही गर्दा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्यमा समस्या भएको, खाद्यान्नमा गुणस्तरिय नभई (कुएको चामल) भएको, पानी तथा सौचालयको व्यवस्था नभएको र क्वारेन्टाइन व्यवस्थित नभएपछि हामीले बाध्यताले गाउँपाmिकालाई सेवा सुविधाको माग गरेको बताए ।
नेपाल सरकार र स्थानीय तहका गाउँपालिकाहरुले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई राम्रो सेवा सुविधा दिने भनेर निर्णयमा मात्र सिमित गर्यो तर क्वारेन्टाइनमा बसेका बालबालिका, वृदवृदाहरुको विभिन्न समस्याका कारण स्वास्थ्यमा गडबढि भएको स्थानीय रविना रावतलको भनाई छ ।
प्रदेश सरकारले दिएको १५ लाखमात्र भएकोले कोरोना कहरको वेला अलपत्र परेका यो भन्दा पहिलाका व्यक्तिहरुका लागि सवै लगानी त्यतै तिर खर्च गरेपछि पछिल्लो समयमा उद्धार गरिएकाहरुका लागि केही मात्रामा वजेट अपुग भएकाले सहजीकरणमा सामान्य समस्या भएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए । उनले भने मेरो घरबाट ल्याएर खुवाउने कुरा हुँदैन खाद्य संस्थानलाई राम्रो चामलको खाना खुवाउने भनेकै हो तर एस्तो समस्या आउला भन्ने कुरा थाहा भएन अव यसपछि राम्रो चामल खुवाउने सिमकोट गाउँपालिका अध्यक्ष लामाको भनाई छ ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा रहेका क्वारेन्टाइनमा मात्र यस्तो समस्या नभएर जिल्लाका सातवटै गाउँपालिकामा रहेका करीव दुई सय भन्दा बढि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सेवा सुविधामा गाउँपालिकाहरुले खेलपाड गरेका पाइएको छ ।