हुम्ला
हिमाली जिल्ला हुम्लाको निर्वाचन क्षेत्र नं ख मा धान रोप्ने कार्य सुरु भएको छ । नेपालकै उच्च हिमाली भेगमा रहेको हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँ पालिकाको याँङचु जिउलामा काली मार्सी धानको रोपाइ सुरु भएको छ ।
चैतमा बेर्ना राखी अषाढको पहिलो हप्ताबाट रोप्ने कार्य सुरु गरिएको स्थानियवासी जैमलबहादुर शाहीले बताएका छन् । खानालाई स्वादिलो पोसिलो हुने काली मार्सी धान हुम्लाको याँङचु गाउँमा पनि वर्सेनी रोप्ने गरिन्छ । यति वेला जिल्ला बाहिर नेपालगन्ज, सुर्खेत, काठमाण्डौ र भारतबाट आएका व्यक्तीहरुले आफ्नो पुर्खौली जग्गा जमिनको खोजी निति गरि बाँजो जग्गामा पनि खेती गर्न थालेका छन् ।
अषाढमा रोपेको धान कार्तिक पहिलो हप्ताबाट भित्राउन थालिन्छ । उक्त गाउँमा रोपाइ चलेकाले गाउँका मानिसहरु सबै जम्मा भई हातेमालो सहकार्य गरि पालै पालो रोपाइ गर्ने गरिन्छ । वर्षको २ बाली पाक्ने उक्त जग्गामा जेठको पहिलो हप्ता किसानहरुले गहु, उवा र जौ भित्राएर जेठ अन्तिमबाट काली मार्सी धान रोप्न सुरु गरेका हुन ।
उक्त जिल्लामा खार्पुनाथ गाउँ पालिकाका वडा नं ५ याँङचु गाउँका करिव ८० घरधुरीले उक्त जिउलामा धान खेती वर्सेनी गर्ने गरेका छन् । प्रति घरधुरीले कम्तीमा १ कुन्टल देखि १०।१२ कुन्ट सम्म उत्पादन गर्ने गरेका छन् ।
जिउलाको माथिल्लो भेगमा घट्टे खोला वग्ने गरेको र स्थानियले अस्थायी कुलो खनी सिचाइ वर्षौ देखि गर्दै आएका छन् । उक्त कुलोलाई व्यवस्थित गर्न सकेको खण्डमा खार्पुनाथ गाउँ पालिकाको उक्त जिउलामा राम्रो धान उत्पादन भई खाध्यमा याँङचु गाउँ आत्म निर्भर हुने देखिन्छ । सो गाउँको सिचाइका लागी तिनै तहका सरकारको ध्यान जान सकेको छैन ।