राज शाही आइतबार, आश्विन १४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

१६ वर्षिया नाबालिका सदरमुकाम सिमकोटबाट वेपत्ता भएकी छन् । वेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिका वडा नं २ थाली निवासी वर्ष १६ की सुजाता रावल रहेकी छन् । रावल हाल नाम्खा गाउँपालिका वडा नं ४ स्थित महाबौद्द माध्यामिक विद्यालय याल्बाङ हुम्लाको छात्राबासमा वसी कक्षा १०मा अध्ययन गर्दै आएकी थिइन ।

रावल अशोज १२ गते दिउँसो देखि सिमकोट बजारको आफन्तको कोठाबाट सुसाइड नोड डायरीमा लेखी हराइ वेपत्ता भएको आफन्त खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी चिन बोहराले जिल्ला प्रहरी कार्यालयमा दिएको खोजतलास निवेदनबाट जानकारी हुन आएको छ ।

निजको खोज तलास गरी पाउँ भनी निज सुजाता रावलले प्रयोग गर्ने मोबाईल फोन समेत जिल्ला प्रहरी कार्यालयमा पेश गरेकोले निजले प्रयोग  मोबाईल नम्बर 9868253909 सिमकार्ड नम्बरको मिति 2080।03।12 गते सन 2023 June 27 तारेख देखि मिति 2080।06।12 गते सन 2023 Sep 29 तारेखसम्मको SMS, Incoming Call, Outgoing call र call wise location लगायतको माग गर्न सुचना पहुँच सम्बन्धी (कार्यविधि) निर्देशिका,२०७४ को दफा ४ बमोजिम सेवा प्रदायक कम्पनीसँग बिबरण माग गर्ने अनुमति जिल्ला प्रहरी कार्यालयले हुम्ला जिल्ला अदालतलाई आइतबार माग गरेको छ ।

सोही बमोजिम हुम्ला जिल्ला अदालतले आदेश दिइएको बुझिएको छ । वेपत्ता बालिकाको खोजतलास जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी कार्यालय संगै संभावित क्षेत्रमा खोजतलास गरि रहेको वुझिएको छ .

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९