हुम्लाको मध्य भेगमा गरिएको छ ।नेपाली काँग्रेसको भातृ संघ महिला संघ सर्केगाड गाउँ पालिका वडा नं ७ मा गठन गरिएको हो । महिला संघ जिल्ला कार्य समितिका अध्यक्ष शुसिला शाहको अध्यक्षता र नेपाली काँग्रेस प्रदेश क का सभापती मान्देव शाहीको प्रमुख आतिथ्यमा संचालन भएको भेलाले ६ सदसिय गाउँपालिका प्रतिनिधि, ३ सदसिय प्रदेश प्रतिनिधि र १ सदसिय जिल्ला प्रतिनिधि छनौट गरेको छ ।
देउरुपा जैसीको संयोजगत्वमा ३७ सदसिय सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोटमा वडा इकाइ समिति गठन गरिएको हो । सोही भेलाले पालिका प्रतिनिधिमा साउनी कार्की, तुथा छत्याल, जमना छत्याल,विजया बोहरा, लक्ष्मी हमाल र उम्मपुरी विकलाई छनौट गरेको हो । प्रदेश प्रतिनिधिमा जया शाही होइजाली जैसी र देवीसार जैसीलाई छनौट गरेको छ ।
जिल्ला प्रतिनिधिमा लक्ष्मी कार्कीलाई छनौट गरीएको हाम्रा सर्केगाड संवादाता ओमप्रसाद जैसीले बताएका छन् । सो भेलाको संचालन प्रवित्रा देवकोटाले संचालन गरे भेलामा सर्केगाड गाउँपालिका वडा नं ७ रोडिकोटो निवासी महिला नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता भातृ तथा भगेनी र शुभेच्छुक संस्थाका प्रमुख एव प्रतिनिधिहरुको उपस्थित रहेको हाम्रा सर्केगाड संवाददाता जैसीले बताएका छन् ।
उक्त इकाइ समिति अशोज ४ गते वृहत कार्यक्रम संचालन गरी गठन गरिएको हो ।