राम बुढा मंगलबार, आश्विन ०२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्लाको अदानचुली गाउँपालिकामा नबौं संबिधान दिवसको उद्धघाटन गरिएको छ । अशोज ३ गते संबिधान दिवस भएपनि मंगलबारबाट बिभिन्न कार्यक्रमको सुरुवात गर्नका लागि उद्धघाटन गरिएको हो । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले नँबौ संबिधान दिवसको उद्धघाटन गर्नु भएको छ । मंगलबार एक कार्यक्रमका बिच गाउँपालिकाको मुटुका रुपमा रहेको सुर्यादय माध्यामिक बिद्यालयमा उद्धघाटन गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत दिपेन फडेराले जानकारी दिनु भएको छ । उहाँका अनुसार २०७२ सालकमा संबिधान जारी भएसंगै प्रत्यक बर्षको वर्ष ३ गते मनाइने दिवसमा बिभिन्न कार्यक्रम गरिने भएकाले मंगलबार उद्धघाटन सुरु भएको हो ।

दिवसको उद्धघाटन समोरोह गाउँपालिका प्ररमपारगत शैलीमा बजाइने बाजा गाजाका साथदिवसको उद्धघाटन गरिएको छ । दिवसको कार्यक्रममा आज गाउँपालिकाका कर्मचारीले राष्ट्रिय गितहरुका नृतय समेृत गरेका छन । बिद्यालयमा मनाइएको उत्त दिवसमा गाउँपलिकाका १ देखि ६ नम्बर वडाका अध्यक्ष, कार्यपालिका सदस्य, राजनितिक दल, कर्मचारी शिक्ष बिद्यार्थी संगै स्थानियको उपस्थितमा कार्यक्रमको सुरुवात गरिएको छ । आजको कार्यक्रममा देउडा प्रतियोगिता नृत्य प्रतियोगिता लगायतका अन्य बिभिन्न प्रतियोगित समेत गरिएको छ ।

बिद्यालयको प्रङगटमा अहिले पनि स्थानिय महिला, महिला, पुरुष, पुरुष बिचपनि देउडा खेल प्रतियोगिता संञ्चालन भएको ३ नम्बर वडा अध्यक्ष डिल बहादुर फडेराले जानकारी दिनुभएको छ । उहाका अनुसार संबिधानमा समेटिएका कुरा पाए नपाएको सम्बन्धि देउडा खेल खेलिएको पाइएको छ । देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । बुधबार मनाइने संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा प्रत्यक बर्ष मनाइने गरिएको छ ।

नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन । त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइने गरिएको छ । पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइने गरिएको छ । यसैबर्ष संबिधान सभाका अध्यक्ष सुवासचनद्र नेम्वाङको निधनका कारण दिवङ्गत आत्माको सम्झनामा देशैभर बिभिन्न कार्यक्रम समेत राखिएको छ । गाउँपालिकामा दिवसको अबसरपारी अन्तर माबि स्तरीय बत्तृत्वकला प्रतियोगिता र अन्तर आधरभुत बिद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता संञ्चालन गरिने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९