राज शाही सोमबार, आश्विन ०१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

सुरक्षित प्रसुतिका लागी एक महिनाको फरकमा ग्रामिण आल्ट्रा साउण्ड गर्ने गरिएको छ । हिमाली जिल्ला हुम्लामा यस अघि ग्रामिण भेगमा अल्ट्रा साउण्ड नहुदा सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पुगी अट्रा साउण्ड गर्नु पर्ने अवस्था रहेको थियो । अल्ट्रासाउण्ड गर्ने मेसिन भए पनि दक्ष कर्मचारी नहुदा जिल्ला अस्पतालका कर्मचारी स्वास्थ्य संस्थामा पुगी अल्ट्रा साउण्ड गर्नु पर्ने वाध्यता थियो ।अहिले यो अवस्था हुम्ला जिल्लामा फेरिएको छ । जिल्लाका सात वटै गाउँपालिकामा रहेका केही स्वास्थ्य संस्था वाहेक वढी जसो स्वास्थ्य संस्थामा गाउँपालिका स्तरमा रहेको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी पुगी अल्ट्रासाउण्ड गर्दै आएका छन् ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले एक महिनाको अन्तरालमा सोही गाउँपालिका वडा नं ७ र ८ वडामा अल्ट्रा साउण्ड गरेको सिमकोट गाउँपालिका नर्सिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् । सिमकोट गाउँपालिका वडा नं ८ सामुदायीक स्वास्थ्य इकाइ साँतामा ५ जनी, स्याँडा स्वास्थ्य चौकीमा ११जनी, वडा नं ७ को डाँडाफया स्वास्थ्य चौकीमा १३ जनी, सामुदयी स्वास्थ्य इकाइ खोल्सीमा १० जनी, सामुदायीक स्वास्थ्य इकाइ चौगान फयामा ६ जनी गर्वती महिला गरी जम्मा ४५ जनी गर्भवती महिलाको ग्रामिण अल्ट्रा साउण्ड गरिएको नर्सिङ स्टाप मनमाया वली शाहीले बताएकी छन् ।

महिला स्वास्थ्य कर्मी सम्वन्धित स्थलमा पुगी गरिएको ग्रामिण अल्ट्रा साउण्डमा सिमकोट गाउँपालिका वडा नं ८ खोल्सी गाउँकी एक जना महिलाको पेटमा ६ महिनाको वच्चा मरेको पाइएकाले थप उपचारका लागी जिल्ला अस्पतालमा रिफर गरिएको शाहीले बताएकी छन् । गर्भवती महिलाको गर्भमा वच्चाको अवस्था के कस्तो रहेको छ , आमाको स्वास्थ्य अवस्था कस्तो छ, बच्चा सहज पाउन सक्ने अवस्थाकी महिला छन् वा छैनन्, गर्भमा बच्चाको तौल वढेको छ वा छैन लगाएत पत्ता लगाउनका लागी ग्रामिण भेगमा पुगी अल्ट्रा साउण्ड गर्ने उद्दश्य सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको रहेको वलीले बताएकी छन् । उक्त अल्ट्रासाउण्ड भदौ महिनाको पच्ची गते  गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९