राज शाही मंगलबार, भाद्र २६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । बार्षिक समिक्षा गोष्ठी संचालन हुनेमा कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र ख को खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको रहेको छ । विगत २ दिन देखि संचालन भएको बार्षिक समिक्षा गोष्ठी मंगलबार सम्पन्न भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वलिराज शाहीले बताएका छन् ।

गोष्ठी २५ गतेबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याँङचु बजारमा सुरु भइ आज सम्पन्न भएको हो । खार्पुनाथ गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष, कार्यपालिका सदस्य, जिल्ला स्वास्थ्य कार्यालयको टोली र स्वास्थ्यकर्मी गरि जम्मा ४५ जनाको सहभागिता रहेको थियो ।उक्त समिक्षा गोष्ठीमा आर्थिक वर्ष ९७।८० मा भए गरेका स्वास्थ्य सम्बन्धीका कृयाकलापको समिक्षा तथा आर्थिक वर्ष ८०।८१ मा सन्चालन हुने, स्वास्थ्य सेवाको बार्षिक कार्ययोजना तयार पारिएको शाखा प्रमुख शाहीले बताएका छन् ।

आर्थिक वर्ष ७९।८० मा उत्कृष्ट कार्य सम्पादन गर्ने राया स्वास्थ्य चौकीलाई सम्मान समेत गरिएको थियो । त्यट्ठै गरी आर्थिक वर्ष ७९।८० मा उत्कृष्ट कार्य सम्पादन गर्न सफल छिप्रा स्वास्थ्य चौकीका अहेव प्रेमबहादुर रावललाई सम्मान गरिएको प्रमुख शाहीले बताएका छन् ।त्यसै गरी राया स्वास्थ्य चौकी प्रमुम निमा पाण्डे र वडा अध्यक्ष च्याङ्गा बोहरा समेत सम्मानित भएका छन् ।त्यसै गरी सोही कार्यक्रमा प्रमुख प्रशासकिय अधिकृत विष्णुबहादुर शाहीले स्वास्थ्यकर्मीलाई कामहरु अनुसासित भयर गर्न पनि निर्देशन दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९