नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति हुम्लाले स्थापना दिवश मनाएको छ । बृहत रुपमा कार्यक्रमको आयोजना गरी निजामती कर्मचारी युनियनले जिल्ला अस्पतालमा वेट भर्ना भएका विरामीलाई एक एक वटा हलिक्स र फलफुल उपलब्ध गराइएको छ । त्यसै गरी सहारा समुह र हेड नेपालमा अध्ययनरत ९२ जना अपाङ्गता भएका विद्यार्थीलाई स्टेसनरी प्रदान गरिएको हो । दुवै संस्थामा छयालीस छयालीस जना अपांगता भएका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् ।
निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति हुम्लाको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता नेपाल कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल बोहराको र प्रमुख आतिथ्य अदानचुली गाउँपालिकाका अध्यक्ष एव नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति मोहन विक्रम सिहको रहेको थियो । विशेष आतिथ्यमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी संघ गठनका जिल्ला अध्यक्ष डवले रावत, विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाही, नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष राजन रावत लगाएत संघ संगठनका प्रमुख एव प्रतिनिधि कर्मचारीहरुको उपस्थित रहेको कार्यक्रमको स्वागत मन्तव्य नेपाल निजामती कर्मचारी युनियनका जिल्ला उपाध्यक्ष मनमाया वली शाहीले गरेकी थिइन ।
नेपाली काँग्रेसका जिल्ला उपसभापति वसन्त रोकाया, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेम सिह लगायतका व्यक्तित्वको उपस्थित रहेको कार्यक्रमलाई नेपाल निजामती कर्मचारी जिल्ला सचिव सुरविर शाहीले संचालन गरेका थिए ।
निजामती सेवा ऐन २०६४ जारी गर्न कर्मचारीहरूको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा आजसम्म युनियनले नेत्रीत्वदायी भूमिका खेलेको छ । भावी कार्यदिशा निजामती सेवा ऐन तथा समायोजन, व्यवस्थापन, निजामती सार्वजनिक प्रशासन, नयाँ सार्बजनिक व्यवस्थापन, नयाँ सार्वजनिक सेवा हुँदै संवेदनशील सरकार शासकीय सुधार नवप्रवर्तन लगायतका नयाँ विधा बहसमा आएका छन् । सोही विधा अनुसार नागरिकलाई राज्यले सेवा सुविधा प्रदान गर्नु परेको छ। सबल सक्षम निजामती सेवा बनाउन युनियनले वकालत गर्ने माहौल बनाउनु आजको आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताएका थिए ।
पार्टीसँग समन्वय सहकार्यमा नेपाली काङ्ग्रेस पार्टीको शुभेच्छुक संस्था भएको नाताले नेपाल निजामती कर्मचारी युनियन सङ्घको नीति निर्माणमा ठुलो भूमिका छ। शासकीय क्षमता अभिवृद्धि राज्यले बनाउने नीतिहरूमा छलफल बहस पैरवी राज्यका निकायमा गरिने नियुक्तिमा पेसागत दक्ष इमानदार को चयन हाम्रो मानिस नभएर राम्रो मानिसको पक्षमा बहस वकालत आवश्यक छ भन्ने भनाइ राख्दै अदानचुली गाउँपालिका अध्यक्ष एव नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिंहले यसरी बताएका छन् । कार्यक्रम विहान ८ वजे जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट सुरु गरिएको थियो ।