राज शाही शुक्रबार, भाद्र ०१, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा नेपाल दलित मुक्तिमोर्चाले १० वुदे माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको छ । संसारका उत्पीडित दलित समुदायहरु एकजुट होऔ भन्ने मुल नाराका साथ उक्त मुक्ति मोर्चाले ज्ञापन पत्र वुझाएको हो । कर्णाली प्रदेशमा रहेका सबैभन्दा वढी श्रम,सीप, कला र क्षमताको धनी दलित समुदाय माथिको अत्याचार अन्त  गर्दै अमानविय ,उत्पीडन, दमन, हत्या, हिंसा र विभिन्न खालका विभेदजन्य कार्यहरु भएको प्रति दलित मुक्ती मोर्चाको ध्यान आकर्षण भएको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ  ।

देश जातीय छुवाछुत भेदभावमुक्त राष्ट्र घोषणा भएको १७ वर्ष पुरा भै सक्दा सम्म पनि उत्पीडन घट्नुको सट्टा दिनानुदिन झन वढ्दै वक्रराल वन्दै गएकाले यो ज्ञापन पत्र बुझाउनु परेको उक्त मोर्चाका केन्द्रिय सल्हाकार विनोद सुनारले बताएका छन् । नेपालको संविधान २०७२ को मौलिक हक धारा २४ र धारा ४० अन्तरगतका प्रावधानहरुको सहि ढंगबाट कार्यान्वयको जोडदार माग गर्दछौ ।

कर्णाली प्रदेश भित्रको गरिवी निवारण सम्बन्धी प्रदेश सरकार र पालिका सरकारले निति कार्यक्रम र बजेट नल्याएको र मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रमको बजेट कटौती भएकोले यस प्रति सम्बन्धीत पक्षको गम्भीर ध्यान आर्कषण गर्न, कर्णाली प्रदेशका विभिन्न ठाउँमा विभिन्न किसिमका घटनाहरु दलित समुदायमाथि घटेका छन झुट्टा मुद्दा लगाइएको छ तर कर्णाली प्रदेश सरकार र स्थानिय सरकारको ध्यान पुग्न सकेको छैन यसबारे ध्यान पुर्याउन सम्बन्धित पक्षको गम्भिर ध्यानार्कषण गर्न, समावेसी सिदान्त विपरिध प्रदेश र स्थानिय सरकारले मनोमानी तरिकाबाट करार सेवामा भर्ती गर्ने कार्य तत्काल वन्द गरी समावेसी कोटा सहितको अनिवार्य दलित कोटा छुट्याइ दलित सहभागीताको जोडदार माग गर्नका लागी पनि उक्त ज्ञापन पत्र पेश गरिएको दलित मुक्ती मोर्चाका केन्द्रिय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज मोहन परियारले  बताएका छन् ।

उक्त ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सिमकोट गाउँपालिकामा बुझाएका हुन । जिल्ला प्रशासन कार्यालयमा सो ज्ञापन पत्र वुझाए संगै सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले सम्बन्धी सरोकारवाला निकायलाई राज्यवाट भएका सेवा सुविधार संविधानले प्रदत हक अधिकार कार्यान्वयनको लागी आफु हरदम लागी पर्ने बताएका थिए ।

ज्ञापन पत्र सुक्रवार विहान ११ वजे जिल्ला प्रशासन १२ वजे सिमकोट गाउँपालिका र १ वजे जिल्ला समन्वय समितिको कार्यालयमा बुझाएका थिए । उक्त ज्ञापन पत्र वुझाउन नेपाल दलित मुक्ति मोर्चाका केन्द्र जिल्ला प्रदेश गाउँपालिका वडा कमिटीका पदाधिकारीको उपस्थित रहेको प्रदेश कमिटी सदस्य एव सिमकोट गाउँपालिका इन्चार्ज भक्तविर परियारले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९