जनता समाजवादी पार्टी हुम्लाले पत्रकार सम्मेलन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष तन्जिन नुर्वु लामाले वुधबार विहान पत्रकार सम्मेलन गरेका हुन । राष्ट्रिय राजनितिकमा पत्यक्ष सरकारमा संलग्न रहेको पार्टीलाई जिल्लामा गठवन्धनकै पार्टीले आफ्नो पार्टीलाई व्यवास्था गरेको अध्यक्ष लामाको आरोप रहेको छ । हुम्ला जिल्लाको विकास निकास सँगै जिल्लामा भई परि आउने हरेक समस्याको समाधानका लागी अन्य गठवन्धन पार्टी सँग आफ्नो हाते मालो रहने लामाले बताएका छन् ।
सिमकोट इन होटलमा वुधबार विहान गरिएको पत्रकार सम्मेलनमा लामाले नागरिक उड्यान कार्यालयले हिमाली जिल्ला हुम्ला सहित अन्य जिल्लामा दिनको साढे १२ वजे पछि उडान कार्य वन्द गरेको कार्य प्रति आक्रोसित हुँदै उक्त कार्य प्रति पनि आफ्नो पार्टीको विरोध रहेको पनि बताएका छन् ।
हुम्ला जिल्लामा गठवन्धन भएर गएका राजनितिक दलले जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन बुझाए पनि आफ्नो पार्टीलाई कुनै जानकारी नगराएकोमा अध्यक्ष लामाले दुःख व्यक्त गरेका छन् । त्यसै गरी हुम्ला जिल्लामा साउन महिना भरि परेको अविरल वर्षाले पुर्याएको क्षेति प्रति दःख व्यक्त गर्दै सरकारले राहत र पुननिर्माणका कामहरु तत्काल गर्नु पर्नेमा जोड दिएका छन् ।
अविरल वर्षाले पुर्याएको क्षेति पुर्ति सरकारले दिनु पर्नेमा पनि लामाले जोड दिएका छन् । सोही अनुसार हुम्ला जिल्लामा लम्की स्किन रोगले हजारौ पशुहरु जिल्लामा मरेकाले त्यसको राहत उपलब्ध गराउनु पर्ने र विरामी पशुहरुका लागी तत्काल पशु प्रावाधि खटाइ उपचार गर्नु पर्ने र त्यसका लागी औषधीको प्राप्त व्यवस्था सरकारले गर्नु पर्नेमा अध्यक्ष लामाले जोड दिएका छन् ।