हुम्ला जिल्लामा आन्तरिक विशेष अभियान २०८० भव्यरुपले संचालन भएको छ । जिल्लाका ७ वटा गाउँपालिका र ४४ वटै वडाका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको साउन २ गते देखि १० गते सम्म चलेको केन्द्रिय कार्यसमितिको निर्णयलाई कार्यान्वयनका लागी केन्द्रिय प्रतिनिधि नेपाली काँग्रेसका पुर्व आमन्त्रीत सदस्य एव जनसम्पर्क अमेरीकाका सभापती आनन्द विष्ट र कर्णाली प्रदेश कार्यसमिति सदस्य कर्ण रावलको नेतृत्वमा उक्त कार्यक्रम सुक्रबार नेपाली काँग्रेस पार्टी कार्यालय विपि स्मृती भवनमा दिनको १ वजेबाट संचालन भएको थियो ।
काँग्रेसप्रति जनताको आशा भरोसा रहेकाले नेपाली काँग्रेसबाट निर्बाचित मन्त्रीहरु, साँसदहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नु पर्ने कुरामा जोड दिएका छन् ।नेपाली काँग्रेसका पूर्ब आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष समेत रहेका नेता बिष्टले नेपाली काँग्रेस प्रति आम जनताको बिश्वास, जनमत रहेपनि आफ्ना आन्तरिक बिषयलाई व्यवस्थापन गर्न नसक्दा थुप्रै पटक जनताको पक्षमा काम गर्ने अवसर गुमाएकाले पार्टीले सन्चालन गरेको आन्तरिक बिशेष अभियान सन्चालन गर्नु परेको बताएका हुन ।अब हामीलाई पुरानो कुरामा अल्झिने छुट छैन । हामी बिगतका घट्नाक्रमबाट शिक्षा लिदै पार्टीलाई सुदृढ बनाउदै जनताको बिश्वास जित्दै आगामी निर्बाचनमा एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनु पर्ने नेता बिष्टले बताएका थिए ।
केन्द्रिय कार्यसमितिले गरेका निर्णयहरुमा पहिलो निर्णयमा गाउँ गाउँमा दैविक प्रकोप, प्रस्तुती वेथा लागेकी महिला, जेष्ठ नागरीक अपाङग असक्तहरुका पीडा लगायतका हरेक गाउँ समाजमा हुने दुःख दायी घटनाहरुलाई सम्बोधनका लागी नेपाली काँग्रेसले गाउँ टोलमा सेवा दल गठन गर्ने निर्णय गरे बमोजिम सोही निर्णयको कार्यान्वयनका लागी यो परिशिक्षण कार्यक्रम संचालन गरिएको नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमिति सदस्य कर्ण रावलले बताएका थिए ।
आन्तरिक विशेष अभियान संचालन गर्नुको मुख्य उद्देश्य हुम्ला जिल्लामा नेपाली काँग्रेस जिल्ला कार्यसमिति, यसका भातृ तथा भगेनी संस्था शुभेच्छुक संस्थाले पुर्णता पाएका छन वा छैन । त्यसै गरी नेपाली काँग्रेस प्रदेश कमीटी गाउँ पालिका कमिटी वडा इकाइ समिति र वडा अन्तरगतका भातृ तथा भगेनी संस्था र शुभेच्छुक संस्थाले पुर्णता पाएका छन् वा छैनन भन्ने विषयलाई नेपाली काँग्रेसका जिल्ला प्रदेश गाउँपालिका वडा इकाइका पदाधिकारीबाट शुझाव सल्लाह संकलन गरी केन्द्रिय कार्यसमिति प्रदेश कार्यसमितिलाई जानकारी गराउने रहेको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले यसरी बताएका थिए ।
आन्तरिक विशेष अभियानमा बोल्ने बक्ताले नेपाली काँग्रेसलाई हुम्ला जिल्लामा कसरी क्रियाशिल, चलायमान बनाउने, पार्टीलाई कसरी एक डोर प्रणालीमा लिने र पार्टी भित्र रहेको गुट उपगुटलाई कसरी अन्त्य गर्ने विषयलाई वढी प्राथामिकता दिएका थिए । नेपाली काँग्रेसले सेवा भावले गठन गर्ने सेवा दललाई गठन गरेर मात्र नहुने यसलाई दैविक प्रकोप पर्दा लगाएत अन्य उद्धारका कार्य गर्दा आवश्यक सामाग्रीको पनि व्यवस्था हुनु पर्ने र तिनीहरुलाई तालिम प्रशिक्षणको व्यवस्था पनि हुने पर्ने वोल्ने वक्ताले आफ्नो भनाइमा राखेका थिए ।
सुक्रबार हिमाली जिल्ला हुम्लाको नेपाली काँग्रेस पार्टी कार्यालयमा संचालन भएको आन्तरिक विशेष कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस जिल्ला सभापति मोहन विक्रम सिहको प्रमुख आतिथ्य नेपाली काँग्रेस पुर्व आमन्त्रित केन्दिय सदस्य आनन्द विष्ट र विशेष आतिथ्यमा कर्णाली प्रदेश कार्य समिति सदस्य कर्ण रावलको रहेको थियो ।