पत्रकारीता क्षेत्रको विकासका लागी राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागी राजनितिक दलको भुमिका विषयक पहिलो विचार गोष्ठी संचालन गरेको हो । हुम्ला जिल्लामा स्थापित राजनितिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख एव प्रतिनिधि र नेपाली काँग्रेसका शुभेच्छुक संस्थाका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो । पत्रकार समाजका यथार्थवादीभएकाले स्वास्थ्य क्षेत्रमा भएका गतीविधीहरुको बारेमा आफ्नो निष्पक्ष कलम चलाइ यथार्थ कुराहरु जनता एव सेवाग्राही समक्ष पुर्याउनमा पत्रकारहरुको ठुलो भुमिका रहनेको नेपाल स्वास्थ्य संघ जिल्ला उपाध्यक्ष मनमाया वली शाहीले बताएकी थिइन ।
शिक्षा क्षेत्रको विकासका लगी र विद्यालयमा शिक्षकले नियमित पठन पाठन गरेको नगरेको विद्यार्थी नियमित उपस्थित भए नभएको विद्यालयमा भौतिक संरचना देखि बाल मैत्री अपाङ्ग मैत्री भए नभएको समेत समाचार मार्फत अविभावक सम्म पुर्याउने काम पत्रकारहरुले गर्नेमा आफु आशावादी रहेको नेपाल शिक्षक संघका जिल्ला सचिव लक्षुमण बोहराले बताएका थिए ।
पत्रकारिता गर्न जाँगर र साहसको खाँचो हुन सक्छ । आज कसैलाई बदनाम गराउदैमा पत्रकारिता नहुने, ठूलालाई ढाकछोप गर्ने तर सानालाई बदनाम गराउने खालका पत्रकारहरु बढ्दै गएको देखिन्छ । पत्रकारले चाहेमा देशमा आमुल परिवर्तन गराउन सक्छ भन्ने भनाइ नेपाल कर्मचारी युनियनका जिल्ला अध्यक्ष विशाल बोहराले आफ्नो भनाइ राखेका थिए ।
अधिकांश पत्रकारहरू पैसा कमाउने धुनमा लागेको देखेको छु । पत्रकारिता गर्दा कसैलाई बदनाम होइन समाजको हितमा र मानव हितमा हुने खालको जसले प्रत्यक्ष फाइदा पब्लिकलाई होस् । यसरी गरेको पत्रकारिताले समाज परिवर्तन गराउन ठूलो भूमिका देखिन्छ भन्ने भनाइ विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहीले बताएकी थिइन ।
समाज सुधारका अनेकौं भुमिकामा मुख्य भुमिका पत्रकारको हुन आवश्यक छ । घुस खोरी कालाबजारी जस्ता काम माथिदेखि नै सुरु हुने हुनाले यो रोक्न पत्रकारको ठूलो भूमिका देखिन सक्छ । जहाँ डर हुन्छ त्यहाँ इमानदारिता भरिएको प्रेश चौतारीका जिल्ला अध्यक्ष नन्द कुमार सिंहले बताएका थिए । पत्रकार जहिले पनि लोभ र लालचमा जाने गर्छ भने उ स्वयं भ्रर्ष्ट हुदै जान थाल्छ । उसले अरूको बदनाम गराएर आफ्नो मात्र स्वार्थपूर्ति गर्ने खालको भूमिका निभाउने गरेको हुन्छ । समाजका लागि यस्ता पत्रकारले फाइदा होइन बेफाईदा मात्र गराउन उदद्त्त रहेको समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मिम सिह नेपालीले बताएका थिए । आज कतिपय पसलहरू विना दर्ता सन्चालनमा छन् । यस्ता पसलका कारण राजश्व चुहावट भएको देखिन्छ । पत्रकारले नाम होइन सुधारको दिशामा लाग्नुपर्छ । ठुलाले गलत गर्छ भने निडरतापूर्बक पहिले सुचना दिने र अटेर गरेमा यो सुचना अरूलाई सेयर गर्दै जानु आवस्यक देखिएको प्रेस सेन्टर जिल्ला सचिव भक्ताराज ऐडीले बताएका थिए ।अबको समय भनेको नक्कलको होइन लेखनको र खोज खबरको हुनुपर्छ । राम्रो कलम चलाउन नसक्ने पत्रकार हुन सक्दैन भन्ने भनाइ अकरावका जिल्ला अध्यक्ष जनकबहादुर शाहीले बताएका थिए ।
फोटो खिच्दैमा पत्रकारिता हुदैन यसतर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास महतले यसरी बताएका थिए।पत्रकारप्रतिको जनभावनामा कस्तो खालको प्रभाव पर्छ भन्ने कुरा कामले देखाउछ । काम गर्न र सहयसरी बताएका थिए । पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा आधारित रहि सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो । विश्वमा घटेका हरेक घट्नाको जानकारी र विवरण तुरुन्तै विश्वको सबै कुनामा पुगिन्छ । संसारको माध्यमबाट पत्रकारको जनाकारीले नै सबै सामु पुर्याउन सकिन्छ । पत्रकारिता राज्यको चौथो महत्त्वपुर्ण अङ्ग हो । यसलाई राज्यको चौथो अंगको रूपमा राखिएको छ । यो दुई धारको तरवार हो भन्ने भनाइ सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकाया भाम राखेकी थिइन ।
राष्ट्रको सञ्चार नीति र स्रोत बाँडफाँट योजनाको उचित संयन्त्रको अभावमा पत्रकारिता शिक्षा हासिल गरेको जनशक्तिलाई प्रयोग गर्न सकिएको छैन । सरकारले मन्त्रालयहरू, विभाग एवं अन्य कार्यालयमा प्रवक्ता र सूचना अधिकारी राख्ने परिपाटी सुरु गर्दा पत्रकारितामा उच्च शिक्षा हासिल गरेको धेरैले रोजगारी पाउन सक्छन् । सरकारले पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहनेका लागि न्यूनतम योग्यता निर्धारण गरेर एवं प्रवेश परीक्षामा उत्तीर्ण हुने उम्मेदवारलाई मात्र यस क्षेत्रमा काम गर्ने व्यवस्था गर्न सकिन्छ भन्ने भनाइ नेकपा माओवादी केन्द्रका जिल्ला सचिव धर्मराज बोहरा बताएका थिए ।
हालसम्म नेपालको पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई बढी जोड दिइएको छ । सिद्धान्त र व्यावहारिक ज्ञानलाई सन्तुलित गर्नसक्ने व्यक्ति नै कुशल पत्रकार बन्न सक्छ भन्ने भनाइ नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बोहरा।पत्रकारमा भाषा खेलाउने क्षमता चाहिन्छ । जसका लागि विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चारका अतिरिक्त भाषा विषय अङ्ग्रेजी वा नेपाली एउटा अनिवार्य लिने व्यवस्था गर्न सकिन्छ । स्नातक तहमा पत्रकारिता पढ्न चाहनेलाई प्रवेश परीक्षा अनिवार्य गर्नुपर्छ । स्नातकोत्तर तहमा प्रवेश परीक्षाका साथै अनुभवीलाई मात्र विशेषज्ञ बन्न व्यवस्था गर्नुपर्छ भन्ने भनाइ नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताएका थिए ।
स्नातकोत्तर तहमा सञ्चारका विविध विषयमा जस्तै प्रसारण पत्रकारितामा स्नातकोत्तर, विकास सञ्चार, प्रेस कानुन, विज्ञापन, जनसम्पर्क, फोटोग्राफी, अनलाइन पत्रकारिता, छापा पत्रकारिता आदिमा विज्ञ बनाउने पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापनको सुरु गर्न सक्नु पर्ने भनाइ पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत।
पत्रकार, सञ्चारकर्मीमा कम्तीमा एउटा राष्ट्र भाषा, अर्को अन्तर्राष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ । नेपालका विश्वविद्यालयहरूमा अहिलेसम्म सञ्चारका प्रायः सबै विधाहरूमा सामान्य ज्ञान दिने हिसाबको पाठ्यक्रम छ । विशेषज्ञ बनाउने क्षेत्र निर्धारण गरिएको छैन भन्ने भनाइ राख्दै नेपाली काँग्रेसका कार्यवहाक सभापति कैलास भण्डारी ।
प्रेस युनियका जिल्ला सचिव ओवराज शाहीले संचालन गरेको विचार गोष्ठीको अध्यक्षता प्रेस युनियन जिल्ला कार्य समितिका अध्यक्ष राज शाहीको अध्यक्षतामा र नेपाली काँग्रेसका जिल्ला उपसभापति एव कार्यवाहक सभापति कैलास भण्डारीको प्रमुख आतिथ्यमा नेपाली काँग्रेस पार्टी कार्यलय विपि स्मृती भवनमा शनिवार विहान ८ बजेबाट संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य प्रेस युनियनका वरिष्ट जिल्ला उपाध्यक्ष छपाल लामाले गरेकी थिइन ।