बिचार र विकासको राजनीति गरौ भन्ने मुल नाराका साथ सर्वदलिय संयन्त्रले पत्रकार सम्मेलन गरेको छ । राजनीति संस्कार समाजिकीकरण विकास संस्कार र सुशासनको अभिवृद्धिका लागी गठन भएको उक्त सर्वदलिय पत्रकार सम्मेलनमा पत्रकारहरुले जिल्लाको शिक्षा स्वास्थ्य रोजगार विकास खाध्यन्न लगाएतका विषयमा जिज्ञासा राखेका थिए । जसको जवाफ जिल्लामा मान्यता प्राप्त राजनैतिक दल नेपाली काँग्रेसका कार्यवाहक सभापति कैलास भण्डारी उपसभापती वसन्त रोकाया, नेकपा एमालेका जिल्ला उपाध्यक्ष डवल रावत सचिव तिर्थराज बोहरा,नेकपा माओवादीका जिल्ला सचिव धर्मराज बोहरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास बहादुर महत्तले दिएका थिए । सर्वदलिय संयन्त्रले हुम्ला जिल्लामा पत्रकार सम्मेलन गर्नुको मुलभुत उद्देश्यका बार नेकपा एमालेका जिल्ला सचिव तिर्थराज बोहराले री जानकारी गराएका थिए ।
आधुनिय युगमा दलीय व्यवस्था लोकतन्त्रको सफलताका लागी आवश्यक छ । यसले सेवा सञ्चालनका साथै जनता र सरकार बीच समन्वय कायम गर्दछ । वर्तमानमा दलीय पद्धतिको सर्मथन र विरोध समान रुपमा भएको पाइन्छ । सामाजिक आर्थिक राजनैतिक एव सांस्कृतिक संरचनालाई गतिशिल बनाउन राजनीतिक दल उपयोगि भएको, बर्तमानमा बहुदलिय पद्धती प्रति जनचाहाना बढेको र यसले सबै बिचारधाराहरुलाई समन्वय गरी समयानुकुल अगाडी बढ्न सक्ने क्षमता राख्दछ भन्ने भनाइ राख्दै नेपाली काँग्रेसका जिल्ला कार्यवाहक अध्यक्ष कैलास भण्डारीले आफ्नो भनाइ राखेका थिए ।
हुम्ला सुन्दर र सम्भावनाले भरी पुर्ण जिल्ला हो । यहाँका राजनीतिक दलको क्षमता गतिविधि र दुरदृष्टीको आधारमा जिल्ला विकास निकास र सु शासनका साथै राष्ट्रिय राजनीतिमा प्रभाव पर्दछ जनताको धारणा विश्वास र मनोवृति के कस्तो बनाउने र बदल्ने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष दलको भुमिका रहन्छ भन्ने भनाइ नेकपा एमालेका जिल्ला उपाअध्यक्ष डवल रावल।
लोकतान्त्रिक शासन व्यवस्था र राजनितीक परिवर्तनहरुमा दलहरुको महत्व छ । राजनितीक व्यवस्थालाई कार्यरुप दिन र जनमानसमा राजनितिक चेतना अभिवृद्धि गर्न राजनितिक दलको त्यतिकै आवश्यकता रहेको नेकपा माओवादी जिल्ला सचिव धर्मराज बोहराले वताएका छन् ।
राजनीतिक संयन्त्रले यसलाई एक मत दिन्छ । विगतमा सर्वदलिय संयन्त्रको अभ्यास विकास निकास समन्वय र सहजताको लागि भएको पाइन्छ वर्तमान अवस्थामा सर्वदलिय संयन्त्र के किन कहिले कसलाई कसरी भन्ने प्रश्नहरु छन यसको उद्देश्य र औचित्य स्पष्ट पार्न जरुरी रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विकास बहादुर महत्तले बताएका छन् ।
सहमति समन्वय सहकार्य सहअस्तित्व र ससम्मानको राजनितिक बातावरण सृर्जना गरी भातृत्व र सहिष्णुताको भावना विकास गर्न, विकास र सुशासनबारे खवरदारी र पैरवी गर्न, आफ्नो राम्रो अर्काको नराम्रो भन्ने मनोभावना हटाइ व्यक्तिगत काम कुरालाई राजनीतिकरण हुनबाट रोक्नका लागी पनि सर्वदलिय संयन्त्र गठन भएको नेपाली काँग्रेसका उपसभापति बसन्त रोकायाले आफ्नो भनाइ राखेका थिए।
जिल्लाका विकास निर्माण शिक्षा स्वास्थ्य क्षेत्र भएका साझा यजन्डाहरुलाई सर्वदलिय संयन्त्रले साझा ऐजण्डा लिएर जनता समक्ष जानु पर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत लगाएतका पत्रकारहरुले आफ्नो जिज्ञास राखेका थिए । उक्त सम्मेलन विहान ८ वजे सदरमुकाम सिमकोट स्थित मानसरोवर होटलमा संचालन भएको थियो ।त्र