प्रेस युनियनको चौथो जिल्ला अधिवेसन सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लामा एक कार्यक्रमको आयोजना गरी वृहतरुपमा छलफल भइ सहमती र सहकार्यमा नेपाली प्रेश युनियनको जिल्ला अधिवेसनबाट नयाँ नेतृत्व चयन भएको छ ।नेपाल प्रेश युनियनका जिल्ला अध्यक्ष राज शाहीको अध्यक्षता र नेपाली काँग्रेसका जिल्ला उपसभापति वसन्त रोकायाको प्रमुख आतिथ्य र नेपाली काँग्रेस महासमिति सदस्य कर्णबहादुर रावलको विशेष आतिथ्यमा संचालन भएको प्रेश युनियनको चौथो जिल्ला अधिवेसनले राज शाहीको अध्यक्षतामा ११ सदसिय जिल्ला कार्य समिति चयन गरेको हो ।
नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावत, नेपाली काँग्रेस कर्णाली प्रदेश सदस्य रम्बा शाही, वविता शाही, विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाही, सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया, नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष जुन राज हमाल, नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिह लगाएत उपस्थित रहेको चौथो जिल्ला अधिवेसनबाट अध्यक्ष राज शाही वरिष्ट उपाध्यक्ष छपला लामा उपाध्यक्ष दलसरा परियार, सचिव ओवराज शाही सहसचिव युवराज भण्डारी कोषाध्यक्ष लोग भण्डारी सदस्यमा कुलविर शाही रविन भण्डारी मानबहादुर भक्री महेश विक्रम थापा र विनोद लामा रहेका छन् ।
प्रेश युनियनको चौथो जिल्ला अधिवेसनको शुभकामना मन्तव्य महासमिति सदस्य कर्ण रावल र नेपाल प्रेस युनिय तलगायत यो वा त्यो पार्टी नभनी निष्पक्ष कलम चलाउनु पर्ने भनाइ राख्दै नेपाली काँग्रेस जिल्ला उपसभापति वसन्त रोकायाले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियको नयाँ नेतृत्व चयन भएकोमा शुभकामना व्यक्त गर्दै नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष राजन रावत र सोही अधिवेसनमा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया नाम्खा गाउँपालिका उपाध्यक्ष तक्दिर लामा विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाही नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष जुन राज हमाल कर्णाली प्रदेश सदस्य रम्बा शाही एक्रापका जिल्ला अध्यक्ष जनकबहादुर शाही नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य वविता शाही लगायतकाले आफ्नो भनाइ राखेका थिए ।
प्रेश युनियनको चौथो जिल्ला अधिवेसन निर्वाचन समितिका संयोजक जुनराज हमालले निर्विरोध निर्वाचन पदाधिकारीको नाम पढी घोषणा गरेका थिए। अधिवेसन शनिवार दिनको ११ वजे नेपाली काँग्रेस पार्टी कार्यालय विपि स्मृती भवनमा संचालन भएको छ ।