हिमाली जिल्ला हुम्लामा वृक्षा रोपण गरिएको छ । नेपाली काँग्रेसको केन्द्रिय पार्टी कार्यालयको निर्देशन बमोजिम हुम्ला जिल्लाको सिमकोट गाउँपालिका वडा नं ५ पिनारी खोलामा विभिन्न जातका विरुवा वृक्षा रोपण गरिएको छ । ढटेलो चुली मेहल लगाएतका बोटहरु वृक्षा रोपण गरिएको हो ।मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ । वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्ने भएकाले पनि नेपाली काँग्रेस हुम्लाको आयोजनामा वृक्षा रोपण गरिएको नेपाली काँग्रेसका उपसभापति वसन्त रोकायाले बताए ।
वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ ।वृक्ष रोप्ने कार्य नै वृक्षारोपण हो । वृक्षारोपणले कृषकको आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका आवश्यकता पुरा गर्दै आएको हो । अझ धार्मिक महत्वका लागि वृक्षारोपण गरिदै आएको खार्पुनाथ गाउँपालिका अध्यक्ष एव नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि कर्ण रावलले वताएका थिए ।
हिन्दू धर्म अनुसार वर पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ । अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण छ । उता सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रिले महत्व पाइरहेको छ । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुयाइरहेको विपिचिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु वस्नेत शाहीको भनाइ रहेको छ ।
वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपुयाई सम्पूर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पुयाएको छ । वृक्ष चराचुरुङ्गीदेखि लिएर जंगली जनावर समेतको वासस्थान हो । यही वृक्षमा लडीबुडी खेल्दै अनेकौं प्राणीले जीवन धानेका छन् । वृक्ष प्रकृतिको अनुपम उपहार भएकाले विपि स्मृति दिवसको अवसर पारी वृक्षा रोपण गरिएको सिमकोट गाउँपालिका उपाध्यक्ष सुसिला रोकायाले बताइन ।
वृक्षा रोपण कार्यक्रममा सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया शिक्षक शिव सर्मा पौडेल एकराप जिल्ला अध्यक्ष जनबहादुर शाही नेपाल विद्यार्थी संघ हुम्ला काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष अंगबहादुर सिंह लगाएत नेपाली काँग्रेस प्रति आस्ता राख्ने व्यक्ती तथा शुभेछुक संघ संस्था भात्री संघ संगठन र पत्रकारहरुको उपस्थित रहेको थियो । वृक्षा रोपण साउन ६ विहान ८ वजे गरिएको थियो ।