राज शाही शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भिमसेन दुला अर्थात भिउ दुलामा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को अनुमती नलिएर सर्केगाड गाउँ पालिका वडा नं ८ ले भिउ टाउर निर्माण कार्य सुरु गरेकाले सो कार्यको विरोध गरिएको छ ।

वन डिभिजन कार्यालय हुम्लाले २ वटा गाउँ पालिकाको सहमती गराइ उक्त निर्माण कार्य अगाडि वढाउन निर्देशन दिएकोमा सर्केगाड गाउँ पालिकाले छलकपट गरि खार्पुनाथ गाउँ पालिकाको क्षेत्रभित्र पर्ने जग्गामा मनोमानी ढङगले उक्त टावर निर्माण कार्य सुरु गरेकाले सोको खार्पुनाथ गाउँ पालिका वडा नं ५ ले विरोध जनाएको छ । सोही विरोध अनुसार खार्पुनाथ गाउँ पालिका युवाहरु उक्त निर्माण क्षेत्रमा गइ काम विहिवार वन्द गराएका छन ।

सर्केगाड र खार्पुनाथ गाउँ पालिकाको सहमती नहुदा सम्मका लागी काम रोक्ने भनि वन डिभिजन कार्यालय हुम्लाले पठाएको पत्र पनि सर्केगाड गाउँ पालिका वडा नं ८ को निर्माण उपभोक्ता समितिलाई वुझाएको स्थानियवासी प्रकासबहादुर शाहीले बताएका छन् ।

खार्पुनाथ गाउपालि क्षेत्रको भिउ दुलाको चार किल्ला भित्रको राया मेला, सुनसुने, दुदेदह, मारुकोर र झारसाँधी भित्रको क्षेत्र खार्पुनाथ गाउँ पालिका वडा नं ५ मा पर्ने भएकाले उक्त क्षेत्रमा खार्पुनाथ गाउँ पालिका वडा नं ५ को सहमती विना भिउ टावर निर्माण गर्न लागिएकोले खार्पुनाथ गाउँ पालिका वडा नं ५ का स्यानी वासीहरुले उक्त निर्माण कार्यको विरोध जनाएका छन । तत्काल उक्त निर्माण कार्य नरोखे कडा प्रतिकार गर्ने खार्पुनाथ गाउपालिकाका स्थानियवासीले जनाएको शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९