आर्थिक वर्ष ७९।८० समाप्त भए सँगै सार्वजनिक सुनाइ गर्न थालिएको छ । संघ, प्रदेश र स्थानिय तहबाट वजेट विनियोजन भइ वडा पालिकामा विकासे काम लगाएतमा खर्च भएको विवरण जनताका विच सार्वजनिक सुनुवाइ गरी वडा पालिकालाई चुस्त दुरुष्त राख्नको लागी वडा पालिकाले सार्वजनिक सुनुवाइ गरेको हो ।
सार्वजनिक सुनुवाइ गर्ने वडा पालिकामा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्राको रहेको छ । वुधवार एक कार्यक्रमको आयोजना गरि सोही वडाका वडा अध्यक्ष रंगमती शाहीको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंहको प्रमुख आतिथ्यमा उक्त वडाको सार्वजनिक सुनुवाइ गरेको हो ।
त्यसै गरी सोही वडाले आगामि आर्थिक वर्ष ८० ।८१ को लागी पनि वडा सभा गरिएको छ । उक्त वडा सभामा जनप्रतिनिधि सरोकारवाला व्यक्ति स्थानियवासीको सहभागिता रहेको सोही वडाका वडा सचिव लोकेन्द्र हमालले बताएका छन् ।