राज शाही मंगलबार, आषाढ २६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

एचएको दरबन्दी भए पनि कर्मचारी पुर्ती नहुदा वन्दी र थुनुवालाई उपचार गर्न समस्या भएको छ । कर्णाली प्रदेश हुम्ला जिल्ला कारगार कार्यालयमा कर्मचारी दरवन्दी सँख्या ८ जना भए पनि हाल स्थाइ तिन र ४ जना करार कर्मचारीले कारागार कार्यालय संचालन गरी रहेको पाइएको हो । जसमा नायव सुब्बा १ खरिदार १ र सलेखापाल १ जना स्थाइ कर्मचारि रहेका छन् भने ४ जना कार्यालय सहयोगी करारमा भर्ना गरिएको छ ।कम्युटर अप्रेटर र एचएको लागी लोकसेवा कार्यालयमा माग भइ गएको तर हाल सम्म पदपुर्ती हुन नसकेको सोही कार्यालय प्रमुख अकल बमले  बताएका छन् ।

औषधी उपचारका लागी बार्षिक ५० हजार आउने गरेकोमा उक्त रकम उपचारका लागी प्राप्त नभएको र थुनुवा तथा वन्दीहरु सामान्य रुघा खोकी लागे पनि रात दिन नभनी जिल्ला अस्पतालमा उपचार गर्न लिनु पर्ने वाध्यता रहेको सोही कार्यालयका खरिदार डवले रावतले बताएका छन् ।

हिमाल पहाड र तराइका कैदवन्दी र थुनुवाको खान खर्च वापतको रकममा एकरुपता हुदा हिमाली जिल्ला हुम्लाका कैदी तथा थुनुवालाई उक्त रकम प्राप्त नभएको नेपाल सरकारले हिमाली जिल्लाका कैदी वन्दी थुनुवालाई सिता खानाको रकम बढाउनका लागी जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायमा पहल गरे पनि उक्त रकममा वढीउन्तरी नगरेको गुनासो कारागार कार्यालय लेखापाल निर्माय विष्टको रहेको छ । वन्दी थुनुवालाई ७ सय ग्राम चामल र दिनको ८० रुपैयाले खाना नास्ता खुवाउन नसकेको लेखापाल विष्टको भनाइ रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९