राज शाही आइतबार, आषाढ २४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

न्याय प्रशासन ऐन २०७३ को दफा २१ तथा जिल्ला अदालत नियमावली २०७५ को परिच्छेद ११ को नियम ९४ र ९५ को परिधि भित्र रही जिल्लाका न्यायीक तथा अर्ध न्यायीक निकायको निरिक्षण गर्ने अधिकार जिल्ला अदालतहरुलाई रहेको छ । सोही बमोजिम हुम्ला जिल्ला अदालतका न्यायाधीश दिल प्रसाद सापकोटाको नेतृत्वमा आर्थिक वर्ष ७९।८० अषाढ २४ गते सम्म खार्पुनाथ गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय हुम्लाको निरिक्षण तथा  अनुगमन गरिएको छ ।

आज आइतबार जिल्ला मालपोत कार्यालय हुम्लाको निरिक्षणका क्रममा आर्थिक वर्ष ७९।८० मा भुमिसुधारको हदवन्दी तर्फ ९९ सय थान मुद्दा दर्ता भएकोमा निर्णय ४५ वटा भएको र ४ वटा तामेलीमा राखिएको अन्य ५० मुद्दा निर्णय गर्न बाँकी रहेको पाइएको र मालपोत तर्फ ९१ वटा दर्ता भएकोमा ९० वटा फर्च्छौट भएको र १ वटा निर्णय गर्न वाँकी रहेको पाइएको हुम्ला जिल्ला अदातलका श्रेस्तेदार उपसचिव कमल कुमार आचार्यले बताएका छन् ।

यस अघि अषाढ ११ र १२ गते खार्पुनाथ गाउँपालिका अनुगम तथा निरिक्षण गरिएको थियो । क्रमस हुम्ला जिल्लाका ७ वटै गाउँपालिकाका न्यायीक समितिको अनुगमन गर्ने योजना रहेको हुम्ला जिल्ला अदालतका नायव शुब्बा पुष्पराज अधिकारीले बताएका छन् ।

अर्धन्यायीक निकायको निरिक्षण गर्ने अधिकार पनि जिल्ला अदालतकै भएको हुँदा यस अघि अषाढ १९ गते जिल्ला प्रशासन कार्यालय हुम्लाको अनुगमन गरिएको थियो । निरिक्षणका क्रममा अधिकाँस न्यायीक समिति अर्ध न्यायीक निकायमा मुद्दा हेर्ने इजलास र कार्यकक्ष एक ठाउँमा भएको र यसलाई अलग अलग बनाउदा राम्रो हुने, न्यायीक निकायमा काम गर्ने मुद्दा फाँटका कर्मचारीलाई तालिम अभावमा प्रक्रियागत काम हुन नसकेको र म्याद तामेली लगाएतका कामहरु कानून सँगत हुन नसकेको पाइएको हुम्ला जिल्ला अदालतका वैतनिक कानून व्यवसायी राजन चन्दले बताएकी छन्  ।

भौगोलिक विकटताको कारणले र आवश्यक कागजात प्रक्रिया नमिलेकाले पनि मालपोत कार्यालय हुम्लाका काम कार्यको प्रक्रियामा ढिलाइ हुने गरेको जिल्ला मालपोत कार्यालय प्रमुख रविन्द्र शाहीले बताएका छन् ।

 

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९