हेल्थ अस मेडिकल सेन्टर हुम्लाले अभिमुखीकरण तथा प्रगती समीक्षा कार्यक्रम संचालन गरेको छ । हुम्ला जिल्लाले स्वास्थ्य क्षेत्रमा विभिन्न माध्यमबाट सेवा प्रवाह वढ्दो क्रममा गएको छ । उक्त संस्थाले जिल्लाका ७ वटै गाउँपालिकामा स्वास्थ्य उपचारको क्षेत्रलाई सेवा विस्तार गर्ने लक्ष्य लिएको भए पनि हाल खार्पुनाथ र सिमकोट गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरी र सर्व सुलब दररेटमा औषधी बिक्री वितरण गर्दै आएको, जिल्लाका स्वास्थ्य संस्थामा औषधी अभाव हुन नदिन ती स्वास्थ्य संस्थामा औषधी उपलब्ध गराउने काम पनि गरि रहेको सोही संस्थाका इन्चार्ज नारायण फडेराले बताएका थिए ।
हेल्थ अस मेडिकल सेन्टरले आउदा दिनहरुमा आफ्ना सेवाहरुलाई विस्तार गरी चौविसै घण्टा सेवा प्रवाह गर्नु पर्ने, फार्मेसीले व्यापार गर्ने मात्र नभइ जिल्ला भरीका गरिव निमुखा तथा कमाइ गरी खान नसक्ने एकल महिलाहरु र वृद्धवृद्धाको पहिचान गरी छुटमा औषधी उपलब्ध गराउदै आएकोमा यसलाई वढी भन्दा वढी समेटन सक्नु पर्नेमा उक्त कार्यक्रममा बोल्ने बक्ताले आफ्नो जिज्ञासा राखेका थिए । सोही संस्थाका सल्लाहकार समितिका संयोजक एव उक्त कार्यक्रमका अध्यक्ष राजन रावतले जिल्लामा स्वास्थ्य क्षेत्रमा काम गर्ने निकाय बीच एक आपसमा द्धन्द्ध श्रृजना गर्नु भन्दा भनी एक आपसमा हातेमालो गरी हुम्ली जनताको स्वास्थ्य सेवालाई के कसरी गुणस्तरीय बनाउने र हुम्ला जिल्लामा औषधी अभाव हुन नदिने तर्फ सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी संगै निकाय सचेत हुनु पर्ने बताएका थिए ।
विदेशीले स्थानियवासीको चेकजाँच गर्दा वा उपचार गर्दा उनीहरुको मुख्य क्षेत्र पहिचान गरी सेवा प्रवाह गर्न लगाउनु पर्ने जथाभावी चेक जाँच गर्दा वा उपचार गर्दा त्यसले स्थानियवासीको स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्ने भएकाले तेता तिर पनि हामी सबै सचेत हुनु पर्ने सोही कार्यक्रमका प्रमुख अतिथि एव जिल्ला समन्वय प्रमुख शिवराज सर्माले यसरी आफ्नो भनाइ राखेका थिए ।
स्वास्थ्य संस्थाबाट निस्कने फोहोरले मानिसको स्वास्थ्यका लागी घातक हुने भएकाले यसको डिसपोज गर्दा संवेदनसिल हुनु पर्ने, कुनै पनि स्वास्थ्य उपचारका शिविर वा अन्य स्वास्थ्य सम्बन्धी काम गर्दा गाउँपालिकालाई जानकारी गराइ अनुमति लिइ गर्दा सुसान कायम हुने बताउदै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले यसरी बताएका थिए ।
जिल्लाका स्वास्थ्य संस्थामा हुने औषधी अभाव होस वा कुनै पनि स्वास्थ्य संस्थाले औषधी उपलब्ध गराउदा होस जिल्ला प्रशासन कार्यालयको प्रत्यक्ष निगरानी रहेको र औषधी उपलब्ध गराउदा मिति गएका हुन नहुने वताउदै सोही कार्यक्रमका विशेष अतिथि एव सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेधीले यसरी बताएका थिए ।
शनिवार विहान ८ वजे मानसरोवर होटलमा संचालन भएको कार्यक्रममा जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एव प्रतिनिधि संचारकर्मी र सरोकारवाला निकायको उपस्थित रहेको थियो ।