राज शाही बिहिबार, जेठ २९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

राज शाही हुम्लाः   हिमाली जिल्ला हुम्लामा दादुरा रुवेला खोप संचालन भएको छ । हुम्ला जिल्लाका ७ वटा गाउँ पालिका मध्य खार्पुनाथ गाउँ पालिकाले उक्त खोप लगाउने कार्य सम्पन्न गरेको सोही गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख बलीराज शाहीले बताएका छन् ।

जेठ २५ गते बाट सुरु गरीएको दादुरा तथा रुवेला खोप ४ दिन लगाएर सम्पन्न गरेको हो । खार्पुनाथ गाउँ पालिका भित्रका १६ खोप केन्द्रबाट ७ सय ६७ जना बालबालीकालाई सो खोप लगाइएको संयोजक शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिकामा ५ वटा वडामा वडा नं १ का १ सय ९० जना, वडा नं २ र ३ का २ सय ६३, वडा नं ४ का १ सय २० र वडा नं ५ का १ सय ९४ जना गरी ७ सय ६७ जना बालबालीका लाई दादुरा रुवेला खोप लगाइएको हो ।

९ महिना देखि ५ वर्ष मुनीका बालबालिकालाई सो खोप लगाइएको हो । यस अघि चैत महिनामा लगाइने भनिए पनि कोरोना भाइरसले देश नै बन्दा वन्दीमा परेपछि  २ महिना पछि सरि जेठ महिनाको २५ गते देखि २८ गते सम्म लगाइएको संयोजक शाहीले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिकामा खार्पुनाथ सामुदायी अस्पताल १ वटा, स्वास्थ्य चौकी ४ वटा, सामुदायीक स्वास्थ्य किलिनिक ४ वटा रहेका छन् । स्वास्थ्य किलिनिक खार्पुनाथ गाउँ पालिका वडा नं १ को प्युस, वडा नं २ थाली, वडा नं ४ माजा र वडा नं ५ दुर्पा गाउँमा रहेका छन् । ५ वटा वडा मध्य हाल वडा नं २ थालीमा स्वास्थ्य चौकी छैन । यस अघि थाली र राया १ वटा गाउँ विकास समिति हुदा राया स्वास्थ्य चौकी रहेको थियो । संघियता लागु भए पछि राया गाउँ विकास सिमितलाई २ वटा वडामा विभाजन हुदा उक्त वडामा स्वास्थ्य चौकी नभएको खार्पुनाथ गाउँ पालिका पोषण कार्यक्रम संयोजक जैमलबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९