नेपाल शिक्षक संघ र नेपाली काङ्ग्रेस सर्केगाड विच अन्तरक्रिया कार्यक्रम संचालन भएको छ । शिक्षकको मर्यादित पेसा,विधार्थी जीवन उपयोगी शिक्षा भन्ने नाराका साथ शिक्षक संघ र पार्टी विच अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । काङ्ग्रेस माहाधिवेसनको गुड उपगुड र निर्वाचनका गतिविधि अहिले पनि हाबी भएको चिन्तनमा रहेको शिक्षक संघले मध्यस्थरको भुमिका निर्वाह गर्दै एउटै कार्यक्रम बाट एकै आवाज बोल्न र एकै ठाउँमा उभिएर पार्टी सुदृढ तर्फ लाग्न आवाज उठायको छ ।
पाँच वर्षमा महाधिवेशन एक पटक हुने हुदा लोगतान्त्रीक पद्धति बाट चयन भएको नेतृत्वले बाँकी चार वर्षको समय धार उपधार रहित बनाएर काङ्ग्रेसको राजनितीबाट जनमुखि बनोस् भन्ने आसयले तिक्तता मेटाउन नेपाल शिक्षक संगठनको आयोजना रहेको बुझियको छ । कार्यक्रममा धार उपधार मेटाउन,विधालय मर्चको सृजना गर्न तथा दरबन्दी मिलान सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको नेपाल शिक्षक महासंघ अध्यक्ष दिवारकर छत्यालले बताएका छन ।
कार्यक्रममा बोल्दै निर्वाचन क्षेत्र नं क का काङ्ग्रेस सभापति मानदेव शाहीले ठुलो घरको कुरामा भाईको मनमुटावमा अरुले स्वार्थ लुट्ने हुदा यस्ता किसिमका कार्यक्रम निरन्तर हुन उचित रहेको बताए ।प्रदेस पार्टीको अबको भविष्य के छ भन्ने प्रस्नको जवाफ फर्काउदै प्रदेस सभापति शाहीले तल्लो क्षेत्रका तिनवटा गाउँपालिका स्थानीय सरकारको नेतृत्व काङ्ग्रेसले गरेको बताउदै विगतको भन्दा अबको अवस्था झन राम्रो भएको दावि गरेका छन । उनले भने काङ्ग्रेस आबद्ध भात्रीसंघलाई बलियो बनाउन गठित कार्यममा लाग्न आव्हान गर्दै निर्वाचनमा स्वतन्त्रको पक्षमा देखियका प्रस्तापक र समर्थक लाई मात्र पार्टीले कार्बाही गर्ने भनेको प्रस्ट पार्दै उनिहरुलाई पनि कार्बाही फिर्ता हुनथालेको छ । स्वतन्त्रबाट निर्वाचित चँखेली गाउँपालिका अध्यक्ष प्यारी लाल शाही पार्टीमा आबद्व भईसकेको बताउदै थप गृहकार्य गर्दै मँगल बहादुर शाही ,लोकेन्द्र भण्डारी ,तिलक शाही,नैन सिंह,सुर्य बहादुर शाहीको नाम लिदै सभापति शाहीले पार्टीमा आबद्ध हुन समन्वय जारि रहेकोले चिन्ता नगर्न आग्रह गरे ।
शिक्षकहरुले सुविधाका विषयमा उठायको जिज्ञासाको जवाफ दिदै स्थानिय सरकारको नेतृत्व समालीरहेका पालिका अध्यक्ष ठान बहादुर रोकायाले गुणस्तरीय शिक्षा अवलम्बन गर्न वार्षिक असी लाख विनियोजित भएको अवगत गराएका थिए । शिक्षा शाखाको वस्तु स्थितीको तथ्यांक अनुसार सेवा प्रदान भएको जिकिर अध्यक्ष रोकायाले गरेका थिए । अब स्थानीय पाठ्यक्रम प्रारम्भ गर्न गृहकार्य भएको उल्लेख गर्दै दरबन्दी मिलानमा समेत हेरफेर हुनसक्ने संकेत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले पार्टी सुदृढीकरणको पहिलो शक्ति भात्रीसंघ रहेको बताए भने अबको जिम्मेवारी युवा तथा नेविसंघ, शिक्षक संघको कादमा आएको बताएका थिए ।विगतका दिनको समीक्षा गरेर संगठन विस्तार गर्नु पर्ने अध्यक्ष रोकायाको भनाई छ ।
टिकाटिपणी र यता र उता कुरा पुगाउनुले संघगठन र पार्टी कम्जोर हुन पुगेकोले धार उपधार हटाउन काङ्ग्रेस आवद्ध सम्पुर्ण भात्रीसंघ मध्यस्थ कर्ताको भुमिकामा रहन जरुरत रहेको बताए । नेपाल शिक्षक संघ सर्केगाड गाउँकार्यसिमति अध्यक्ष काली बहादुर महताराको सभापतित्वमा र नेपाली काङ्ग्रेस क नं निर्वाचन क्षेत्र न कका सभापति मानदेव शाहीको प्रमुख आथितेमा तथा सर्केगाडका सत्ता प्रमुख ठान बहादुर रोकाया , सर्केगाडका पार्टी सभापति धनराज शाही शिक्षक संघका शुभचिन्तक लगायत आस्थावान साखा प्रमुखहरुको उपस्थित भएको थियो ।