राज शाही आइतबार, आषाढ १०, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँपालिकालेआगामी आर्थिक वर्षका लागि ३८ करोड ६९ लाख ७५ हजार १ सय ४५ रुपैंया रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आइतबारदेखि सुरु भएको गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा उपाध्यक्ष ज्ञानबहादुर सिंहले उक्त बजेट पेस गरेका हुन् । खार्पुनाथ गाउँपालिकामा  आन्तरिक आयको अवस्था भने उत्साहजनक देखिदैन । चालु आर्थिक वर्षको भन्दा केही वढी आन्तरिक आय उठाउने लक्ष्य गाउँपालिकाले राखेको छ ।

आन्तरिक आयमा घर जग्गा वहाल कर  र खानी तथा खनिज पदार्थको राजश्व बाँडफाँटको हिस्सा पनि समावेश छ । गाउँसभामा नीति तथा कार्यक्रम पेस गर्दै गाउँपालिकाका उपाध्यक्ष सिंहले खानेपानी तथा ढल निकासा सरसफाइ  सम्बन्धी योजना ल्याउने घोषणा गरेका छन । गाउँ पालिकामा कृषि पशु स्वास्थ्य शिक्षा रोजगारका क्षेत्रलाई पहिलो प्राथामिकतामा राखिने सिहको नीति तथा कार्यक्रममा उल्लेख छ । यसका लागि संघीय सरकार र प्रदेश सरकारको सहयोग को आशा राखेको सिंहले बताएका छन् ।

सोही गाउँ सभामा चालु तर्फ २४ करोड र पुजीगत तर्फ १३ करोड विनियोजन गरिएको छ । संचित खर्चका बारेमा सोही गाउँपालिकाका प्रवक्ता एव खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भरत जंग शाहीले प्रस्तुत गरेका थिए । मध्यकालिन खर्चका बारेमा सोही गाउँपालिका न्यायीक समितिका सदस्य एव वडा नं ४ का वडा अध्यक्ष रंगमती शाहीले प्रस्तुत गरेकी थिइन । एमबुलेन्स कार्यविधि २०८० खार्पुनाथ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष चन्द्र रावलले प्रस्तुत गरेका थिए । करको निति तथा असुली कार्यान्वयनका बारेमा सोही गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जयबहादुर शाहीले प्रस्तुत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै
पुर्ण खोप सुनिश्चित घोषित कार्यक्रममा हुम्लाका ४ जना पत्रकार सम्मानित
नेपाल उत्पिडित जातिय मुक्ति समाजको अध्यक्षमा लालधन टमट्टा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९