राज शाही बुधबार, आषाढ ०६, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

गाउँपालिका वासिहरुको स्वास्थ्य र हित कायम राख्न मासु तथा मासुबाट बन्ने खाद्य पदार्थ मिसावट रोक्न र मासुमा हुने स्वस्थ्यता तथा मासुको स्वभाविक गुण विग्न नदिई उपयुक्त स्तर कायम राखी उपभोक्ता सम्म जस्ताको तस्तै पुयाउन तथा मासुको स्तरमा कुनै मिसावट र मासु तथा मासु पसलको सरसफाईका लागि स्वच्छ वनाउन, पशु बधशालाको स्थापना गर्ने गराउनका लागी सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाको संयोजगत्वमा बजार अनुगमन गरिएको छ ।

नेपालगन्ज, सुर्खेतको मुख्य नाका रहेको सिमकोट बजारमा अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा सिमकोट वजारका मासु पसल र सप्लायर्समा अनुगमन गरिएको सिमकोट गाउँपालिका पशु शाखा नायव पशु प्राविधिक विष्णु बुमिले बताएका छन् । पशु प्राविधिक वुमीका अनुसार सदरमुकाम सिमकोटमा सञ्चालित अधिकांश मासु पसल अनुमतिविनै चलिरहेका, अनुमतिविना चलेका मासु पसलेहरुले बजारको दररेटभन्दा पनि मनपरि ढंगले मूल्य निर्धारण गरी बेच्ने गरेको पाइएको, बजारमा एक दर्जनभन्दा बढी व्यवसायीले व्यवसाय दर्ता नगरी, कर छली गरेर मासुजन्य वस्तु बिक्री गरेको पाइएको, स्वच्छ फ्रेस हाउस दर्ता गरेका व्यवसायीले मात्र मासु बिक्री गर्न पाउनुपर्ने केही व्यवसायीहरुको भनाइ रहेको अनुगमनका क्रममा पाइएको ना प्र स बुमीले बताएका छन्  ।

 

मासु पसल दर्ता नगरी मनपरि तवरले मासुजन्य वस्तु बिक्री गरेको भन्दै दर्ता गरेरै सञ्चालन गरिरहेका व्यवसायीहरुले विरोध पनि जनाएउदै आएका छन् । केही दिनअघि नेपालगन्जदेखि सिमकोट विमानस्थलमा पुगेको बोइलर कुखुराको मासु, माछा र खसीको मासु नष्ट गरिएको थियो । सिमकोट गाउँपालिका र मासु व्यवसायीहरुको गोष्ठी पछि अन्य पसलभन्दा छुट्टै ठाउँ व्यवस्थापन गरेर व्यपार गर्ने, व्यवसाय दर्ता नगरेकाले तत्काल दर्ता गर्ने, बजार मूल्यको अनुगमन गरी उपभोक्तालाई राहत मिल्ने गरी समायोजन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् । अनुगमन गर्दा प्रक्रिया पूरा गर्न चेतावनी दिएका व्यवसायीहरुले प्रक्रिया पूरा नगरेको पाइए ऐन अनुसार दण्ड जरिवानासहित कारबाही गरिने सिमकोट गाउँपालिका उपाध्यक्ष रोकायाले बताएकी छन् ।

अनुगमनमा सिमकोट गाउँपालिका पशु शाखा प्रमुन महेन्द्रबहादुर शाही, जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख कृष्णबहादुर रोकाया, घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, पत्रकार सरोकारवाला निकायको उपस्थित रहेको थियो ।

सिमकोट गाउँपालिका पशु शाखाको संयोजगत्वमा जिल्ला सदरमुकाम सिमकोटका २१ वटा मासु पसलहरुको वुधबार विहान अनुगमन गरिएको र अनुगमनका क्रममा केही मासु पसलमा राखिएका फ्रिज सफा नगरेको, केही पसलहरुमा खुद्रा सामान संगै मासु पनि संगै विक्रिमा राखिएको, केही मासु पसलको साइन वोट समेत नभएको, केही मासु पसलको फ्रिजमा कुहिएको मासु समेत राखिएको पाइएकाले यस्ता कार्य पुन दोर्यायमा त्यस्ता पसल व्यवासायीहरु वन्द गरिने सिमकोट गाउँपालिका पशु शाखा प्रमुख महेन्द्रबहादुर शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९