नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति हुम्लाको आयोजनामा समन्वयात्मक बैठक वसेको छ । नेपाल पत्रकार महासंघ हुम्ला जिल्लामा आवद पत्रकारहरुका संघ संघगठनहरु सँग समन्वयत्मक बैठक वसे हो । बैठकले पत्रकार महसंघको केन्द्रिय कार्यालयको सरकुलर बमोजिम हुम्ला जिल्लामा नेपाल पत्रकार महासंघमा आवद पत्रकारहरुले जेठ ३२ गते सम्म पत्रकारीता सदस्यता नविकरण गरी सक्नु पर्ने नगरेका पत्रकारहरुलाई जुन संघ संघगठन सँग आवद हो सोही संघगठनका प्रमुखलाई जिम्मा लगाउने निर्णय गरिएको छ ।
त्यसै गरी नेपाल पत्रकार महासंघमा नयाँ सदस्यता लिन चाहने व्यक्तीहरुले नेपाल पत्रकार महासंघको विधि विद्यान बमोजिम योज्ञता पुगेका व्यक्तीहरुले पत्रकार महासंघ जिल्ला कार्य समितिमा निवेदन दिएमा निजको सदस्यताका लागी सिफारिस गर्ने निर्णय गरिएको बताउदै नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका सचिव नन्द सिंहले बताएका छन् ।
जेठ ३१ गते विहान ८ वजे जिल्ला सदरमुकाम सिमकोटमा नेपाल पत्रकार महासंघ जिल्ला कार्य समितिका अध्यक्ष राजन रावतको अध्यक्षतामा वसेको बैठकमा प्रेस युनियन जिल्ला कार्य समितिका सल्लाहकार समितिका सदस्य जनकबहादुर शाही, जिल्ला अध्यक्ष राज शाही, रेडियो कर्णाली आवजका स्टेसन म्यानेजर नवराज महतारा, प्रेस सेन्टरका सचिव भक्तबहादुर ऐडी, कर्णाली प्रदेश सचिव तिलसरा विक, एकिकृत समाजवादीका प्रेस संगठनका जिल्ला अध्यक्ष मिमसिंह नेपाली लगायत पत्रकारहरुको उपस्थित रहेको थियो ।